बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महिला हिंसाविरुद्धको अभियान चलिरहँदा ओखलढुङ्मा बालिका बलात्कारका दुई घटना

बुधबार, २५ मङ्सिर २०७६, १० : १९
बुधबार, २५ मङ्सिर २०७६

रामहरि श्रेष्ठ ।

ओखलढुंगा । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा बालिका बलात्कारका दुई वटा घटना दर्ता भएका छन् ।

गत मंसिर १६ गते मोलुङ गाउँपालिकाका १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा स्थानिय ४७ बर्षीय राम बाहादुर कार्की बिरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । कार्कीले गएको असोज १६ गते पीडित बालिकालाई आफ्नो घरमा बोलाएर डरत्रास तथा धाकधम्की दिएर बलात्कार गरेको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

बालिका बलात्कार गरेको घटना प्रहरीको आएसँगै कार्की फरार रहेका छन् । उनको खोजीकार्य भैरहेको ओखलढुङ्गा प्रहरी निरीक्षक राजिव श्रेष्ठले बताए ।

त्यस्तै, सिद्धिचरण नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा स्थानीय २१ वर्षीय विवेक कटुवाल पक्राउ परेका छन् । बालिका जङ्गलमा बाख्रा चढाउन गएको बेला आरोपित कटुवालले मोवाइलमा फिल्म देखाउने भन्दै ललाइ फकाइ गत भदौ २८ गते बलात्कार गरेको जाहेरीमा उल्लेख छ । पीडितको पक्षबाट गत मङ्सिर २८ गते प्रहरीमा जाहेरी परेपछि कटुवालाई पक्राउ गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गामा आउने अधिकांश घटनाहरुमा आत्माहत्या पछि बलात्कार दोस्रो स्थानमा पर्ने गरेको छ ।

गत साउन १६ गते घरमा भाइको हेरचाहार गर्न बसेकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नाताले हजुरबुबा पर्ने ५८ वर्षीय एक बहादुर तोलाङ्गी पक्राउ परेका छन् ।

जिल्लाको मोलुङ गाउँपालिकाका आरोपित तोलाङ्गीले बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा गत मङ्सिर १२ गते जाहेरी दर्ता भएको थियो ।

पछिल्लो समय प्रहरीमा दर्ता भएका अधिकांश बलात्कारका घटनाहरु ढिला गरी दर्ता हुने गरेका छन् । पीडित अन्यायमा परेको लामो समय बितिसकेपछि मात्रै प्रहरीकोमा जाहेरी आउने गरेका छन् । यसले पीडित र पिडक पक्षबीच स्थानीय स्तरमै घटना ढाकछोप गर्ने प्रयार भैरहेको हुनसक्ने प्रहरीको आशंका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप