अमेरिकाको जर्सी शहरमा गोलीबारी, पुलिससमेत ६ जना मारिए
अमेरिकाको जर्सी शहरमा भएको गोलीबारीमा एक पुलिस अधिकारीसमेत ६ जनाको ज्यान गएको छ ।
शहरका मेयर स्टिवन फुलपका अनसार दुई अन्य पुलिसकर्मी घाइते भएका छन् ।
शहरको ग्रीनविले इलाकामा लगभग एक घण्टासम्म दुईतर्फी गोलीबारी भयो । जर्सी शहर हडसन नदीको अर्कोतर्फ छ । हडसन नदीको एकातर्फ न्यूयोर्क शहर छ ।
गोलीबारी गर्ने को थिए र उनीहरुको यस पछाडिको उद्देश्य के थियो भन्नेबारे केही निश्चित जानकारी आइसकेको छैन । तर अधिकारीले यो चरमपन्थी हमला नभएको अनुमान गरेका छन् ।
स्थानीय मिडिया अनुसार गोलीबारीको सुरुवात एउटा पसलबाट भयो जहाँ दुई संदिग्धले बन्दुक लुकाएर राखेका थिए ।
मारिएका पुलिसकर्मी ३९ वर्षका जोसेफ सील्स थिए । उनी पछिल्लो १३ वर्षदेखि जर्सी शहरको पुलिसको सेवामा थिए ।
जर्सी शहरका पुलिस प्रमुख माइक केलीले स्थानीय समयानुसार दिउँसो १२ बजे आसपास गोलीबारीको सुरुवात भएको जानकारी दिएका छन् ।
जोसेफ सील्सले दुई संदिग्धलाई पक्राउ गर्ने कोसिस गर्नेबेला मारिएको बताइएको छ । दुबै संदिग्ध एउटा ट्रकमा भागेको र नजिकैको सुपरमार्केटमा गएर लुके । उनीहरुले पसलभित्र गएर पुलिसमाथि गोली चलाइरहेको बताइन्छ ।
पुलिसका अनुसार हमलाकर्तासँग भारी राइफल थिए र सयौं राउन्ड गोली थिए ।
पछि स्वेटजस्ता विशेष पुलिस दललाई बोलाइयो जसले संदिग्धलाई मारे ।
पसलभित्र तीनजना मारिए । पुलिसका अनुसार पसलभित्र मारिएका मानिसहरुको मृत्यु हमलाकर्ताको गोलीका कारण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै