शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्ततः उपसभामुख शिवमाया तुम्बाहाङ्फे राजीनामा गर्न तयार

मङ्गलबार, २४ मङ्सिर २०७६, २१ : ३४
मङ्गलबार, २४ मङ्सिर २०७६

काठमाडौँ —अन्ततः उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिने भएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस ४ गते संसद अधिवेशन बोलाएपछि तुम्बाहाङ्फेले राजीनामा दिने भएकी हुन् ।
सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले तुम्बाहाङ्फेलाई राजीनामा गर्न सुझव दिँदै आएको थियो ।

नेकपाले तुम्बाहाङ्फेलाई उपसभामुखमा कायमै राखे सभामुख पदमा उम्मेदवारी दिन नपाउने बाध्यता रहेकाले उनलाई राजीनामा गराउन लागिएको नेकपा उच्च स्रोत बताउँछ ।

कृष्णबहादुर महरा महिला दुर्व्यवहार प्रकरणमा मुछिएपछि गत असोज १४ यता खाली सभामुख पदपुर्ति गर्न निर्वाचन गर्नुपर्ने हुन्छ । संविधानमा सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने व्यवस्था हुनुका साथै सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनैपर्ने अनिवार्य संवैधानिक व्यवस्था छ । 

सत्तारुढ दल नेकपा सभामुख आफ्नो दलको बनाएर उपसभामुख अन्य दललाई दिन चाहान्छ । त्यसका लागि उपसभामुखबाट तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने हुन्छ । त्यसका लागि नेकपा नेतृत्वले उनलाई पटकपटक मनाउने प्रयास गर्दै आएको थियो । अन्ततः तुम्बाहाङ्फे नेतृत्वको दवाव  सुझावपछि राजीनामा गरेर सहज वाताबरण बनाउने निष्कर्षमा पुगेकी हुन् । 

उनले रातोपाटीसँग भनिन्-  म सरसल्लाहमै छु । उपयुक्त समय आएपछि निकास दिनुपर्छ भन्ने ठानेकी छु । 

यसअघि तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी ओलीले पटक पटक बोलाएर राजीनामा गर्न सुझाव दिएका थिए । त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि राजीनामाबारे अनौपचारिक कुराकानी भएको उनले स्वीकार गरिन् । त्यस्तै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वासँग पनि छलफल गरेपछि तुम्वाहाङ्फे राजीनामा गर्ने निष्कर्षमा पुगेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप