शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सागको भव्य समापन : जब आकाशमा देखियो बुद्ध र नेपालको आकृति

मङ्गलबार, २४ मङ्सिर २०७६, २१ : ०३
मङ्गलबार, २४ मङ्सिर २०७६

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को मङ्गलबार भव्य कार्यक्रमबीच समापन गरिएको छ । काठमाडौँस्थित दशरथ रङ्गशालामा समापनको भव्य समारोह आयोजना गरिएको थियो ।

समापन कार्यक्रममा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो भने सुरक्षाकर्मीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको मुख्य आकर्षण भनेको आतिशबाजी र डेढ सय ड्रोन प्रयोग गरेर आकाशमा बनाइएको आकृतिहरु रहेको थियो ।

१३ औँ सागमा नेपालले किर्तिमानी ५१ औँ स्वर्ण, ६० रजत र ९५ काँस्यसहित २०६ पदक जित्न सफल भएको छ ।

हेरौँ कार्यक्रमका झलकहरु

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप