अब चितवनमा 'मट्का चिया'को स्वाद
चितवन । काठमाडौंमा प्रसिद्धि पाईसकेको मट्का चियाको स्वाद अब चितवनमा पनि उपलब्ध हुने भएको छ । चियाको फरक स्वादसंगै खाजा, खानाका विभिन्न परिकारका लागि पुर्वी चितवनको पर्साको खैरहनीमा ह्याङ्ग आउट रेष्टुरेन्ट संचालनमा ल्याइएको छ । युवा पुस्तामा रोजगारीका लागि विदेश मोह बढिरहेका बेला संचालक युवा निकेश बरालले यो रेष्टुरेन्ट संचालनमा ल्याएका हुन् ।
पर्साको खैरहनीमा रहेको म्याङ्गो जनज्योति हलको पहिलो तलामा रेष्टुरेन्टले आफ्नो सेवा शुभारम्भ गरेको हो । खाना तथा खाजा पारखीलाई नयाँ स्वादसंगै फरक अनुभुति गराउने उद्येश्यले रेष्टुरेन्टलाई फरक किसिमले सिंगारिएको छ ।
रेष्टुरेन्टलाई सिंगार्ने क्रममा जिर्ण सामग्रीहरुलाई रिसाईकल गरेर प्रयोगमा ल्याइएको छ । संचालक बरालले अन्य रेष्टुरेन्टको तुलनामा फरकपन दिन रेष्टुरेन्टलाई विशेष किसिमले डिजाइन गरेको बताए ।
रेष्टुरेन्टसंगै फिल्म हल पनि रहेकाले फिल्मसंगै विभिन्न भेज, ननभेज परिकारसंग एकै चोटी रमाउन पाउने अर्का संचालक राकेश केसीले बताए ।
रेष्टुरेन्टले सेवा शुरुवातको प्रारम्भसँगै मंसिर २६ गते सम्म विशेष छुट प्रदान गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान