मारुती सिमेन्टले कामदार निकालेपछि आत्महत्या

सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ मा रहेको मारुती सिमेन्ट उद्योगले एक मजदुरलाई कामबाट निकालेपछि दुःखद घटना भएको छ ।
गोलबजार नगरपालिका ९ गोविन्दपुरकी अनितादेवी पासवानले उद्योगले निकालेपछि आत्महत्या गरेकी हुन् ।
उद्योगबाट निकालिएपछि मंगलबार उनले नजिकैको सिसमको बोटमा पासो लगाएर आत्महत्या गरेको अन्य मजदूरहरुले बताएका छन् ।
उनको आत्महत्यापछि आक्रोशित मजदूरहरुले पूर्वपश्चिम राजमार्ग अन्तर्गत उद्योगको गेटमै उचित क्षतिपूर्तिको मागगर्दै चक्काजाम गरेका थिए भने प्रहरीले बल प्रयोग गरेर दुई घण्टापछि राजमार्ग खुलाएको थियो ।
उद्योगमा विगत १६÷१७ वर्षदेखि निरन्तर रुपमा काम गर्दै आएकी पासवानलाई उद्योग व्यवस्थापनले सोमबार अवकास दिएको थियो ।
आफूलाई अवकास दिइएको बारे समेत जानकारी नपाएकी पासवान आज मंगलबार विहान कामगर्न जाँदा उनलाई प्रहरीको सहयोगमा अपमानजनक ढंगले उद्योगबाट निकालिएको मधेसी कारखाना मजदुर मञ्चका अध्यक्ष विनोद कुमार महतोले जानकारी दिए । उद्योगबाट निकालिएपछि उनले नजिकैको सिसमको बोटमा पासो लगाएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको महतोको भनाइ छ ।
व्यवस्थापनले उद्योगको हित विपरित कार्यगरेको भन्दै उनलाई अवकास दिएको बताइएको छ ।
उद्योगका मजदुरहरुले चिया, मिठा (सखर) बापत प्रत्यक दिन ५० रुपैयाँका दरले पाउँदै आएका थिए । व्यवस्थापनले पछिल्लो कात्तिकबाट दिन छोडेको मजदुरहरुको आरोप छ । यस विषयमा छलफल गर्न माग गरेकै कारण मृतक पासवानलाई रोजगारीबाट हटाएको मजदुरहरुको आरोप छ । यहाँ कार्यरत करिव ४ सय मजदुरले कामकाज ठप्प पारेपछि उद्योग अहिले बन्द भएको जनाइएको छ ।
उद्योग व्यवस्थापनले उनीसँगै मधेसी कारखाना मजदुर मञ्चका अध्यक्ष समेत रहेका विनोद कुमार महतो, सभ्य कुमार यादव, मोहन कुमार यादव र मिथिलेश कुमार यादवलाई पनि एक महिनाको लागि निलम्बन गरेको छ ।
घटनापछि उद्योग व्यवस्थापनले मजुदरहरुलाई बार्ताको लागि बोलाएपनि उनीहरु सामूहिक रुपमा बार्ताको माग गर्दै आएको छ । यता उद्योग व्यवस्थापनले भने घटनापछि मजदुरहरुसँग बसेर वार्ताको प्रयास भइरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताको म्याद सात महिना बाँकी छँदै बन्यो मोटरेबल पुल
-
भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत
-
अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधीजन्य हुरीको बबण्डर, १८ जनाको मृत्यु
-
नागार्जुनको गौतम गाउँमा आगलागी, बाटो साघुँरो हुँदा आगो निभाउन सास्ती
-
१२ बजे, १२ समाचार : गणतन्त्र विरोधी गतिविधिविरुद्ध वृहत्त प्रदर्शन हुँदैदेखि दरबार हत्याकाण्डबारे प्रचण्डको अभिव्यक्तिले तरंगसम्म
-
जनकपुरमा ढिलो गरी मनाइयो होली