सिरहामा जंगली हात्तीको आक्रमणबाट एक बालकको मृत्यु

सिरहा । सिरहामा जंगली हात्तीको आक्रमणमा परि एक बालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । हात्तीको आक्रमणबाट घाइते भएका सिरहा मिर्चैया नपा ७ रामपुरका श्रवण महतोको १० वर्षीय छोरा रविन्द्र महतोको मृत्यु भएको हो । उनको सोमबार राती उपचारको क्रममा मृत्यु भएकोे प्रहरीले जनाएको छ ।
बारीबाट आएको हात्तीले सुँडले आक्रमण गरी आँगनमा लछारपछार पारेर बालकलाई मारेको प्रहरीले जनाएको छ । हात्तीकै आक्रमणबाट गोलबजार नपा १० धर्मपुरका कङ्सलाल लामा घाइते भएका छन् । उनी शौचका लागि बाहिर निस्केका बेला हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । लामालाई थप उपचारको लागि धरान लगिएको इलाका प्रहरी कार्यालय गोलबजारले जानकारी दिएको छ ।
हात्तीले सोमबार रातीनै गोलजबार नपा ३ मुसहर्निया लवटोलीका अशोक सदाय, बद्रि सदाय, रामचरित्र सदाय र दिलवर सदायको घर भत्काएको प्रहरीले जनाएको छ । सोही हात्तिले राती नै गोलबजार १० का जिवछ साहको घर समेत भत्काई दिएको छ ।
त्यस्तै हात्तीकै अक्रमणबाट आइतबार राती लहान नपा १६ तरेगनाका रामभरोस महतोको काठ र बाँसले बनेको घर समेत भत्काएको जनइएको छ । पछिल्ला दुई दिनयता सिरहाको चुरे क्षेत्रका गाउँमा जंगली हात्तीले आतंक मच्चाएको छ । प्रहरीले राती नै हात्तीलाई जंगलतर्फ धपाएको छ । हात्ती धपाए पनि स्थानीय आतंकित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ज्ञानेन्द्रप्रति प्रचण्डको टिप्पणी– हावालाई कमान्डर बनाएको छ, हेर बुद्धि !
-
गृहमन्त्रीले शुक्रबार राज्यव्यवस्था समितिमा तीनकुने घटनाबारे जानकारी गराउने
-
टोखाबाट चोरी भएको मोटरसाइकल भक्तपुरमा फेला
-
हामीले सरकार बनाउने र ढाल्ने खेलमा बढी समय दियौँ, अब वर्गतिर फर्किन्छौँ : प्रचण्ड
-
भ्रमणबाट नेपाल र थाइल्याण्डबिचको आपसी सम्बन्ध नयाँ उचाइमा: प्रधानमन्त्री ओली
-
भुँइचालो गएको यतिका दिनपछि पनि म्यानमारमा ढल्दैछन् घरहरू