पीसीपीएस कलेजले सम्पन्न गर्यो आफ्नो दोश्रो दिक्षान्त समारोह

काठमाडौं – वेडफोरसीयर विश्वविद्यालयबाट सम्वन्धन प्राप्त पीसीपीएस कलेजले आफनो दोश्रो दिक्षान्त समारोह सम्पन्न गरेको छ ।
पीसीपीएस कलेज २१ वर्ष लामो गौरब पूर्ण इतिहास बोकेको एलबीइएफ ग्रुप अफ इन्स्टिच्युसन्ससँग आबद्ध भइ २०१७ देखि नेपालमा अन्तर्राष्टिय स्तरको गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरेको छ । समारोहमा बीबीए र बीएससी कम्प्युटर साईन्स एन्ड सफ्टवेर ईन्जिनियरिङ का ४६ विद्यार्थी दिक्षित भएमा थिए ।
पीसीपीएस कलेजले प्रदान गर्ने डिग्रीहरु शिक्षा मन्त्रालयको स्विकृति प्राप्त गरि त्रिभुवन विश्वविद्यालयको समन्वय हासिल गरेका छन् । दीक्षान्त समारोहमा प्रोफेसर अश्रफ जावेद, डेपुटी भाइस चान्सलर युनिभर्सिटी अफ वेडफोरसायर, इ पंकज जलान चयर म्यान एलबीइएफ ग्रुप अफ इन्स्टिच्युसन्स, इ प्रकाश कुमार कार्यकारी निर्देशक एलबिइएफ ग्रुप अफ इन्स्टिच्युसन्स, प्रो गीता भक्त जोशी सल्लाहकार एलबिइएफ ग्रुप अफ इन्स्टिच्युसन्स, राजेन्द्र खेतान नेपाल ब्रिटेन च्याम्बर अफ कमर्श एन्ड इण्डष्ट्रिज् , इ अजय कुमार शर्मा डिन पीसीपीएस कलेज, डा हैमिङ लुइ, लिन्क कोडीनेटर स्कुल अफ बसइनेस्स युनिभर्सिटी अफ वेडफोरसीयर, डा योउङमै बेन्ट्ली, लिन्क कोडीनेटर, युनिभर्सिटी अफ वेडफोरसीयर, सौरव सत्याल हेड अफ डिपार्टमेन्ट बिजनेस पीसीपीएस कलेज, डा स्वाती शा, हेड अफ डिपार्टमेन्ट कम्प्युटिङ, पीसीपीएस का व्यत्तिहरुद्वारा यस दीक्षान्त समारोहको उद्दघाटन गरेका हुन ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य एलबीइएफ ग्रुप अफ इन्स्टिच्युसन्सका डाइरेक्टर प्रकाश कुमारले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा विद्यार्थीहरुलाइ स्वागत गरेका थिए । वेडफोरसायर विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर अश्रफ जावेदले विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।
दीक्षान्त समारोहमा विद्यार्थी विवेक मर्हनजले कलेज पढदाको अनुभवहरु समेत सुनाए । समारोहमा राजेन्द्र खेतानले शुभकामना मनतव्य राखेका थिए । र अन्त्यमा एलबीइएफ ग्रुप अफ इन्स्टिच्युसन्सका चेयर म्यान पंकज जलानजीले उपस्थीत सम्पूर्ण अतिथि तथा दीक्षित विद्यार्थीहरुलाइ धन्यवाद ज्ञापन गदै समारोहको अन्त्य गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुसमुनि भेटियो ७२ लाखको सामान
-
लाप्चे तामाकोशी जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ५ अर्ब २५ करोड लगानी
-
एक वर्ष अघि नै एमाले सांसद्विरूद्ध पक्राउ पुर्जी जारी, पत्र घुमाएर आलटाल गर्दै प्रहरी
-
गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा
-
ज्ञानेन्द्रलाई निर्मल निवासमा नजरबन्द गरिएको हल्ला फैलिएपछि...
-
महोत्तरीमा सम्पन्न राहत शिक्षकहरूको भेलाले के-के गर्यो निर्णय ?