द्वन्द्वकालमा मानवअधिकार उल्लंघनका घटनामा संलग्नलाई कारवाही गरिन्छ: गृहमन्त्री थापा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनामा संलग्नलाई कारवाही गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवशरमा आयोजना भएको कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले द्वन्द्वकालमा द्वन्द्वरतपक्षबाट भएका मानवअधिकार तथा अपराधमा संलग्नहरुलाई कारवाही गरि पीडितलाई न्यान दिन सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
दण्डहिनताको अन्त्य गरि द्वन्द्वपीडित पक्षलाई न्यान दिन सरकार संक्रमणकालीन न्यायका संयन्त्रको गठन र संक्रमणकालीन न्यायलाई व्यवस्थित गर्न कानुन संशोधनको प्रकृयामा रहेको उनले बताए । सम्बन्धित समुदायको मानवअधिकारको संरक्षणका लागि संविधानले गरेका व्यवस्था बमोजिम संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति प्रकृया पनि अगाडी बढेको उनले बताए ।
गृहमन्त्री थापाले राजनीतिक दलहरुको संयुक्त आन्दोलनले नागरिकहरुले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने अवस्था आएको बताए । सरकारले मौलिक हक सम्बन्धि ऐनहरु समेत जारी गरिसकेको जानकारी गराउँदै थापाले समृद्ध नेपाल सुखी नेपालको महान अभियान सफल पार्न नागरिकको वास्तविक अधिकार प्राप्तिबाट मात्रै सम्भव हुने बताए ।
आवश्यक ऐन कानुनहरुको निर्माण हुन बाँकी नै रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख अनुपराज शर्माले संविधानमै भएका व्यवस्थाहरु कार्यान्वयन गर्न सम्बन्धित निकायहरुको ध्यान जान नसकेको बताए । नेपाली समाजमा महिला हिंसा, बालविवाह, छाउपडी, मानव बेचबिखन, जातिय छुवाछुत र लैङ्गिक विभेदहरु विद्यामान रहेको उनले बताए । शर्माले आप्रवासी कामदारहरुको मानव अधिकार अवस्था, दैवी पकोप, बाढी पीडित तथा भूकम्प पीडितहरुको मान अधिकारको अवस्थामा सुधार हुन नसकेको बताए ।
राष्ट्रिय मानवअधिकारका सिफारिसहरु मान्नैपर्ने बाध्यता भएपनि सरकार पूर्ण रुपमा सरकारले कार्यान्वयन गर्न नसकेको शर्माले बताए । ‘राज्य मानवअधिकारको संरक्षक भएपनि कतिपय घटनामा राज्यकै संयन्त्रहरु मानवअधिकार उलंघनको भूमिका निर्वाह गरिरहेको होकी भन्ने देखिन्छ’, शर्माले भने । शर्माले आयोग स्थापनादेखि अहिलेसम्म आयोगबाट मानव अधिकार उल्लंघनका घटनाहरुमा अनुसन्धान तथा छानबिन गरी दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तिका लागि नेपाल सरकारलाई गरेको सिफरिस अपेक्षित रुपमा कार्यान्वयन हुन नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना