नवलपरासीमा लागु औषधसहित २ जना पक्राउ
मङ्गलबार, २४ मङ्सिर २०७६, १७ : ४४
पोखरा । नवलपरासीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । नवलपरासी पूर्व देबवुल नगरपालिका १७ झहरे खोलास्थित पुल मुनि बोरामा लुकाई राखेको अवस्थामा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गैडाकोट नगरपालिका १६ का २६ वर्षीय कृष्ण श्रेष्ठ र १६ वर्षीय निशान परियार रहेको प्रहरीले खुलाएको छ । पक्राउ परेका उनीहरुको साथबाट ४७ फेनरागन, ४७ डाइजोपाम, ४७ नुर्फिन गरी जम्माजम्मि १ सय ४१ एम्पुल सहित ४५ सिरिन्ज र ४ थान मोबाइल बरामद गरिएको प्रहरीको भनाई छ । घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी