२०१९ लाई विदाई गर्दै दराजको अन्तिम भव्य किनमेल मेला “१२.१२”
काठमाडौं – २०१९ लाई विदाई गर्दै दराजको अन्तिम भव्य किनमेल मेला “११.११.”सम्पन्न भएको छ । ११.११. को भव्य सफलता पछि नेपालको बृहत्तर अनलाइन् शपिङ्ग गन्तव्य, दराजले, वर्ष को अन्तिम भव्य किनमेल मेला दराज १२.१२. को घोषणा गरेको छ ।
दराजको १२.१२.अभियान यही २६ मंसिर देखी पुष २ सम्म लागू हुनेछ । यस अभियान द्वारा उपभोक्ताहरुले अन्तर्रािष्ट्रय र स्वदेशी टप ब्राण्डहरुका सरसामानहरुमा ६०% सम्मको भारी छूट, मेगा डिलहरु, क्रेजी भाउचरहरु पाउनुका साथै मिसन १२.१२. र वान रुपी गेम जस्ता नयाँ र रमाइला गेमहरुमा भाग लिन पाई उपहारहरु प्राप्त गर्न सक्ने छन् । साथै उपभोक्ताहरुले दराजका बैंकिङ्ग पार्टनरहरुको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २०% अथवा रु १,५०० सम्मको छूट पाउनेछन् ।
दराज ११.११. को रेकर्ड तोड्ने सफलताले गर्दा गत नोवेम्बर महिना दराजको लागि एकदमै लाभदायी थियो । दराज ११.११.मा दराज एप र वेबसाइटमा ३.५ लाख भन्दा बढी प्रयोकर्ताहरुको उपस्थिति थियो जुन पोहोर को भन्दा ७५ प्रतिशत बढी हो । यसपाली को ११.११ मा ३००० भन्दा बढी बिक्रेता थिए र ५०००० भन्दा बढी उपभोक्ता थिए । साथै दराजले २४ भन्दा बढी सहरहरु मा १.५ लाख भन्दा बढी सामानहरुको व्यापार गराउन सफल भयो ।
दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग भने, “दराज ११.११. को रेकर्ड तोड्ने सफलता र ब्ल्याक फ्राईडे को थप सफलताले गर्दा गत नोवेम्बर हामी र हाम्रो बिक्रेताहरुको लागि “सुपर नोवेम्बर” नै हुन पुग्यो । त्यसैले हामी यो सफल साल, २०१९, हामीलाई सदैव सपोर्ट गर्नुहुने उपभोक्ताहरुका साथ् भव्य तरिकाले विदाई गर्न चाहान्छौं । र खास गरि ११.११. को फाईदा उठाउन नपाउनुभएकाहरुलाई भनि हामीले यस ग्रान्ड अभियानमा थप नयाँ डिलहरु लिएर आएका छौँ ।”
दराज सधंै आफ्नो उपभोक्ताहरुलाई कुनै पनि सामान किन्नु अघि बिक्रेता तथा सामानले पाएका प्रतिकृया तथा रेटिङ्गहरु हेर्न सुझाव दिने गर्दछ । यदि सामानको बारेमा थप जानकारी चाहिए बिक्रेता संग प्रतक्ष्य च्याट पनि गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ स्टक एक्सचेन्जको अनुमतिविरुद्ध सर्वोच्चका रिट
-
पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन जनार्दन शर्माको प्रस्ताव
-
विपी कोइरालाले शिलान्यास गर्ने तयारी गरेको सडक सञ्चालन गर्न दबाब दिन कांग्रेसको पदयात्रा
-
अपडेट : चीनमा भूकम्पबाट मृत्यु हुने संख्या ९५ पुग्यो, १३० जना घाइते
-
भूकम्पपछि चीनले गर्यो सगरमाथा क्षेत्र प्रवेश बन्द, नेपालले के गर्छ ?
-
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति