फुटबलको फाइनल: दशरथ रंगशाला बाहिर सडकमै पलेटी कसेर दर्शकले हेरे फुटबल (फोटोफिचर)
मङ्गलबार, २४ मङ्सिर २०७६, १७ : १६
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल र भुटानको प्रतिस्पर्धा चलिरहँदा दशरथ रंगशाला बाहिर भने फुटबलप्रेमीहरु भीड लागेको देखिन्थ्यो । फुटबलप्रेमी दर्शकहरुको भीडले ट्राफिक व्यवस्थापन समेत प्रभावित भएको थियो । दर्शकहरुले सडक बीचमै पलेटी कसेर वर्ल्ड ट्रेड सेन्टरमा राखिएको ठूलो स्क्रिनमा फुटबल हेरेका थिए । नेपाल र भुटानबीचको फाइनल खेलमा नेपाल विजयी भएको छ ।