नलकटुवा पेस्तोलसहित १ भारतीय नागरिक पक्राउ
मङ्गलबार, २४ मङ्सिर २०७६, १६ : ४४

सर्लाही । बिष्णु गाउँपालिका– २ स्थित सडकबाट नलकटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले भारत घर भएका २१ वर्षीय सञ्जय सिंहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी बाराउधोरणबाट खटिएको प्रहरीले बिआर ३० यु ९८९४ नम्बरको मोटरसाइकललाई जाँच गर्दा क्रममा उक्त पेस्तोल फेला पारी मोटरसाइकलसहित चालक सिंहलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुखानी हत्याकाण्ड : सत्य र तथ्य
-
‘सञ्जयलाई रिहा गर्न मैले सहयोग गरेँ, जेलबाट बाहिर आएपछि टाढा रहन थाले’
-
आज अन्तरराष्ट्रिय निःशस्त्रीकरण दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
विराटले उछिने सचिनलाई
-
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति शिक्षक महासङ्घले जनायो आपत्ति
-
लन्डनकी अन्जुले पूरा गरिन् विश्वकै ठुला ६ वटा म्याराथन