नेपाल र भुटानबीचको पुरुष फुटबल चलिरहँदा दशरथ रंगशालामा जे देखियो (फोटोफिचर)
मङ्गलबार, २४ मङ्सिर २०७६, १६ : ३६
काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा जारी छ । फुटबलमा नेपालले दोश्रो गोल गरेको छ । दशरथ रंगशालामा जारी नेपाल र भुटानबीचको खेलमा नेपालका तर्फबाट ५३ औं मिनेटमा सुनिल बलले गोल गरेका हुन् ।
यसअघि नेपालकै अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए । खेलेको ३६ औं मिनेटमा भुटानका तर्फबाट छेन्जो ग्याल्जेनले जवाफी गोल फर्काएका थिए । गोल गरिरहँदा खेलाडीहरु सेल्फी लिइरहेका देखिन्थे भने दर्शक दिर्घामा प्रहरी दमन विरुद्धको कालो ब्यानर पनि देखिन्थ्यो । तस्बिरः रातोपाटी