नेप्सेको उकालो यात्रा जारी
![नेप्सेको उकालो यात्रा जारी](https://rpcdn.ratopati.com/media/albums/Share-Listed-ratoapti-nepse_wtZizF3udg.jpg)
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । लगातार सुधारको दिशामा रहेको नेप्सेमा आज पनि २.४८ विन्दुले बढेर एक हजार १५१.३६ विन्दुमा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३३ विन्दुले बढेर २५३.५० मा पुगेको छ ।
नेप्सेमा सुधार देखिँदा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कूल १७० कम्पनीको १६ लाख ६१ हजार ८२८ कित्ता शेयर रु ५० करोड तीन लाख २८ हजार ९१५ मूल्यमा खरीद बिक्री भए ।
कारोबार भएका कूल १२ उपसमूह मध्ये आज चार उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढेको छ । जलविद्युत् ४.५२, निर्जीवन बीमा २.९५, उत्पादन ८.५७ र अन्य ११.२३ विन्दुले घटेका छन् । यस्तै बैंकिङ ७.०९, व्यापार २३.७६, होटल २८.१८, विकास बैंक १.९२, वित्त ०.४७, लघुवित्त १.८८, जीवन बीमा ९.१४ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा आज माछापुच्छ्रे« बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु सात करोड ५३ लाख २७ हजार ९२० बराबरको शेयर कारोबार भएको छ । यस्तै एनएमबी बैंक रु तीन करोड ८५ लाख ७९ हजार ३१७, कृषि विकास बैंक रु दुई करोड ८३ लाख ७३ हजार ५५२, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु एक करोड ३५ लाख ३० हजार ६००, नेपाल बैंक लिमिटेड रु एक करोड १५ लाख ४१ हजार १७४ र प्रभु बैंक रु एक करोड नौ लाख ३८ हजार ५५३ बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार नयाँ नेपाल लघुवित्त विकास बैंक ९.९१, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था ९.७६, माउण्टेन हाइड्रो ६.६७, साल्ट टे«डिङ कर्पोरेशन ६.६२, लुम्बिनी विकास बैंक ६.३२ र आरएसडिसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.१९ प्रतिशतले कमाए । त्यस्तै, अरुण काबेली पावर ४.०९, नेशनल हाइड्रोपावर ३.७७, आँखु खोला जलविद्युत् कम्पनी ३.५०, आँधीखोला लघुवित्त वित्तीय संस्था ३.४९ र सिन्धु विकास बैंकका शेयरधनीले ३।२ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषदमा नियुक्त भएका ५२ पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा
-
पशुपति बालुवाखानी भ्रष्टाचारः एमाले नेता कुइँकेललाई ६ वर्ष जेल सजाय
-
अर्थमन्त्रीले गरे सहसचिवको कार्य विभाजन, भन्सारमा भट्टराई, राजश्वमा दाहाल
-
अर्थमन्त्रीले गरे सहसचिवको कार्य विभाजन, भन्सारमा भट्टराई, राजश्वमा दाहाल
-
जनयुद्ध दिवसमा नुवाकोटका चार स्थानीय तहले दिए सार्वजनिक बिदा
-
एकीकृत समाजवादीको बागमती प्रदेश अधिवेशन काठमाडौँमा