शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ह्वाइट आइल्याण्ड ज्वालामुखीमा मृत्यु हुनेको संख्या १३ पुग्यो, घटनाबारे प्रहरी अनुसन्धान सुरु (अपडेट)

मङ्गलबार, २४ मङ्सिर २०७६, १४ : २३
मङ्गलबार, २४ मङ्सिर २०७६

वेलिङ्टन । न्यूजील्याण्ड प्रहरीले मङ्गलबार ‘सेतो टापु’ भनेर चिनिने ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ । 

ज्वालामुखीको खतरा छ भन्दै सोमबारको प्रकोपको एक हप्ता अघिनै चेतावनी दिइए पनि त्यसलाई बेवास्ता गरेको भन्दै चौतर्फी आलोचना भइरहेको समयमा प्रहरीको यस्तो भनाई सार्वजनिक भएको हो । पर्यटकका लागि निकै लोकप्रिय उत्तरी द्वीपका तटीय इलाका भ्रमण नगर्न दिइएको सुझावलाई टुर अपरेटरहरुले बेवास्ता गरे नगरेको विषयमा प्रहरीले छानबिन गर्न लागेको हो । 

प्रहरीले एक वक्तव्य जारी गरी ज्वालामुखीमा ‘मृत्यु र घाइतेको अवस्थाका बारेमा अनुसन्धान सुरु गरेको’ जनाएको छ ।  यद्यपि, उनीहरूले फौजदारी अभियोगको अनुसन्धान गर्ने भनी यसअघि गरेको घोषणा भने फिर्ता लिएका छन् । प्रहरीले फौजदारी अभियोगमा छानबिन गर्न नचाहनुको कारण भने खुलाएको छैन । 

प्रहरीले छानबिन थाल्ने घोषणा गर्नुअघि ट्राभल अपरेटर कम्पनी ह्वाइट आइल्यान्ड टुर्सले सुरक्षात्मक सबै जिम्मेदारी पूर्ण रुपमा पालना गरेको जनाएको थियो । अधिकारीहरूले पाँच जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने अरु आठ जना बेपत्ता छन् । हराइरहेका आठ जनाको मृत्यु भएको उद्धारकर्ताहरुले अनुमान गरेका छन् । न्यूजील्यान्डको सबैभन्दा सक्रिय ज्वालामुखी ह्वाइट आइल्याण्डमा सोमबार दिउँसो ज्वालामुखी विस्फोट भएको थियो । 

‘हामी हाम्रो सरकारी जियो साइन्स एजेन्सीको रिपोर्ट हेर्छौं । उक्त दिन ज्वालामुखीको खतराको स्तर २ रहेको मापन गरेको देखिएको छ,’ अध्यक्ष पल क्विनले बताए । कम्पनीले पर्यटकहरुलाई ह्वाइट टापुमा सतर्कता स्तर २ मा हुँदा लैजानु नै भूल हो भन्दै क्विनले यस अवस्थामा ज्वालामुखी विस्फोट हुने खतरा मध्यमदेखि उच्च हुने बताए । -एएफपी/The-Guardian
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप