शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पत्रकार चापागाइँमाथि हातपात गर्ने डिएसपीले तत्काल माफी माग्नुपर्ने

मङ्गलबार, २४ मङ्सिर २०७६, १४ : ०६
मङ्गलबार, २४ मङ्सिर २०७६

काठमाडौं । पत्रकार सुमन चपागाईलाई कुट्ने प्रहरी अधिकारीले तत्काल माफी माग्नुपर्ने माग गर्दै खेलकुद पत्रकार संघले खेलकुद परिसदको गम्भीर ध्यानाकर्षण गराएको छ । । 

मङ्गलबार नेपाल र भुटानबीच हुने फुटबलको फाइनल खेल हेर्नका लागि टिकट किन्न रङ्गशाला पुगेका सर्वसाधरणमाथि खेलकुद परिसरमै प्रहरीले लाठीचार्ज गरेको थियो । एक सर्वसाधरणलाई कालीमाटी प्रहरी वृत्तका डिएसपी रुगम कुँवरले लात्तीले हानिरहेका थिए । प्रहरीले सर्वसाधरणमाथि गरेको ज्यादतीको तस्विर र भिडियो लिइरहेका नागरिक दैनिकका पत्रकार सुमन चापागाइँमाथि सोह्रखुट्टे प्रहरी वृत्तका डिएसपी सन्तोषसिंह राठौरले मुक्का हानेका थिए । 

संघका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाको नेतृत्वमा घटनाबारे ध्यानकर्षण गराइएको हो । संघले यदि यो घटनालाई परिसरले बेवास्ता गरे आजको दिनलाई खेलकुद पत्रकाररिताको इतिहासमा कालो दिन घोषणा गर्ने र बहिष्कार गर्ने चेतावनी दिएको छ । पत्रकार चापागाईंलाई खेलकुद परिसरबाट अस्पताल भर्नाको लागि लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप