मुलुकमा अपराध र दण्डहिनता बढ्यो : अनुपराज शर्मा
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा अपराध र दण्डहिनता बढेको बताएका छन् । ७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष शर्माले लोकतान्त्रिक संविधान जारी भएपछिको अवस्थामा पनि दण्डहिनतामा कमी नआएको बताएका हुन् ।
निर्वाचन सम्पन्न गरि जनताले चुनेका प्रनितिधिहरु सत्तामा भएपनि निष्कृय रहनु दुःखद भएको उनले बताएका छन् । ‘अहिलेको समय हाँसी ठट्टा गर्ने समय होइन् तर गणतन्त्र महादेवका उच्छृङ्खल गणहरुको गणतन्त्र होकी भन्ने आभास भइरहेको छ’, उनले भने । मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयागको संशोधित विधेयक ल्याउँदा सरकारले सम्बन्धित पक्षहरुसँग छलफल नै नगरेकोमा उनले असन्तुष्टि जनाए ।
आचरण नै अधिकारवादीहरुको शक्ति भएको बताउँदै उनले हतियारको नभइ विचारको लडाई लड्ने समेत बताएका छन् । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा मंगलबार राजधानीमा प्रभातफेरि निकालिएको थियो । भद्रकालीबाट निकालिएको प्रभारतफेरि सुन्धारा, वीर अस्पताल हुँदै शान्तिबाटिकामा पुगेर सकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर पुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण
-
टीआरसीको बहानामा देउवा–प्रचण्ड भेटले जन्माएको आशङ्का !
-
सुस्त मनस्थितिकी बालिकालाई करणी गर्ने युवकविरुद्ध मुद्दा
-
सुदूरपश्चिम सरकारद्वारा मुक्तकमैया हलिया कमलरी पुनर्स्थापना कार्यविधि पारित
-
आगामी वर्ष ७५३ वटा स्थानीय तहले ७७ अर्ब ५० करोड राजस्व पाउने