झापामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, १ जनाको मृत्यु
मङ्गलबार, २४ मङ्सिर २०७६, १३ : २९

झापा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–४ कोटिहोम नजिकै आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको अमरदह नगरपालिका–२ का २३ वर्षीय किसन साह रहेका छन् । सडक छेउमा रोकी राखेको ना५ख ७६६ नं को ट्रकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ३९ प ७५४ नं को मोटरसाइकल ठोक्किँएर पुनःपश्चिम जाँदै गरेको मे १ च ४२८१ नं को कारसँग ठक्कर खाँदा मोटरसाइकल चालक साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालयले भन्यो– औषधि लिमिटेड खरिद प्रक्रियामा समावेश नभएकाले खरिद रोकियो
-
सेयर बजार लगातार वृद्धि, कारोबार रकम १० अर्ब नाघ्यो
-
पूर्वपर्यटन मन्त्री प्रेम आलेमाथि अख्तियारले थाल्यो छानबिन
-
वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
-
रास्वपाको केन्द्रीय समिति बैठक वनस्थलीमा जारी
-
तनहुँमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु