पुस ४ गतेदेखि संसदको हिउँदे अधिवेशन, सभामुखको निर्वाचन पहिलो कार्यसूची
मङ्गलबार, २४ मङ्सिर २०७६, १३ : ००
काठमाडौँ । आउँदो पुस ४ गतेदेखि संसदको हिउँदे अधिवेशन बोलाउन सरकारले राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले सिफारिस गरेको हो ।
केही समयअघि संसदको हिउँदे अधिवेशन बेलाउने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले उपभामुख शिवमाया तुम्बाहाङ्फेसँग छलफल गरेका थिए ।
सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले संसदको अधिवशेन बोलाउने संवैधानिक व्यवस्था छ ।
आगामी हिउँदे अधिवेशनमा प्रतिनिधिसभाको पहिलो कार्यसूची सभामुखको निर्वाचन रहेको छ ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास आरोप लागेपछि पदबाट राजीनामा दिएपछि सो पद अहिले खाली रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण