सुस्माको छोटो कपालमा लोभिए दुर्गेश
मङ्गलबार, २४ मङ्सिर २०७६, १२ : १८
काठमाडौं । गायिका विष्णु माझी र गायक तेजश रेग्मीको स्वर रहेको गीत ‘छोटो कपाल’को भिडियो सार्वजनिक गरिएको छ ।
तेजश रेग्मीकै शब्द सङ्गीत रहेको गीतको भिडियोमा अभिनेत्री सुस्मा कार्की र दुर्गेश थापा देखिएका छन् ।
कलेज पढ्ने युवायुवतीको प्रेम देखाउन खोजिएको भिडियो शिव बिकले निर्देशन गरेका हुन् । अजय रेग्मीको छायाँकन र प्रविण भट्टको सम्पादन भिडियोमा रहेको छ ।