समूहगत ‘हेड टु हेड च्यालेन्ज’ जीतेपछि अब नेपाललले इन्डोनेसियासँग भिड्ने, जिते सिधै शीर्ष ४० मा
मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले लण्डनमा आयोजित मिस वर्ल्ड २०१९ को ६९ औं संस्करणमा नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् । अनुष्का समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’ को शीर्ष २० मा पर्न सफल भएकी छिन्
अनुष्का समूह १० मा थिइन् । उक्त समूहमा उनले मिस वर्ल्ड तान्जानिया २०१९ सिल्भिया सेबास्टियन, मिस वर्ल्ड जिल्ब्राल्टार २०१९ सेलिन बोलानोस, मिस वर्ल्ड पोल्याण्ड २०१९ मिलेना सोडोस्का, मिस वर्ल्ड मेक्सिको २०१९ एस्ले एल्भीड्रेज, मिस वर्ल्ड केम्यान आइल्याण्ड २०१९ जेसी प्याट्रिकलाई पछि पार्दै दोस्रो चरणमा पुग्न सफल भएकी हुन् ।
मंगलबार आयोजना हुने हेड टु हेड च्यालेन्जको अन्तिम प्रतिस्पर्धामा अनुष्काले इन्डोनेसियाकी सुन्दरीसँग भिड्दैछिन् । अनुष्काले हेड टु हेड च्यालेन्ज जितेको खण्डमा उनी सिधै शीर्ष ४० मा पुग्नेछिन् ।
हेड टु हेड च्यालेन्ज जितेपछि अनुष्का शर्माले सबै नेपालीलाई धन्यवाद दिँदै इन्स्टाग्राममा स्टोरी राखेकी थिइन् । उनले लेखेकी छिन्, ‘यो सबै तपाईंहरुको भोटले गर्दा सम्भव भएको हो तर यो अझै पनि समाप्त भएको छैन ।’ उनले सबैलाई भोटका लागि अपिल पनि गरेकी छिन् ।
यसअघिकी मिस नेपाल श्रृङ्खला खतिवडा पनि विश्व सुन्दरी २०१८ को हेड टु हेड च्यालेन्जको शीर्ष २० मा सफल भएकी थिइन् तर जीत भने हाँसिल गर्न सकेकी थिइनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'बीपीले राष्ट्रपति बन्न अस्वीकार गरेका थिए'
-
धनुषा प्रहरीद्वारा फरार ४४ प्रतिवादी पक्राउ
-
सर्लाहीमा मिटरब्याज पीडितमाथि आक्रमण
-
विश्वभर फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या
-
‘बीपीका आदर्श र विचार आज पनि उत्तिकै महत्त्वपूर्ण’
-
मन्त्रीको राजीनामा होल्ड हुनु र मुख्यमन्त्री बानियाँले भेट नदिनु होइन संयोग मात्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण