समूहगत ‘हेड टु हेड च्यालेन्ज’ जीतेपछि अब नेपाललले इन्डोनेसियासँग भिड्ने, जिते सिधै शीर्ष ४० मा
मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले लण्डनमा आयोजित मिस वर्ल्ड २०१९ को ६९ औं संस्करणमा नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् । अनुष्का समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’ को शीर्ष २० मा पर्न सफल भएकी छिन्
अनुष्का समूह १० मा थिइन् । उक्त समूहमा उनले मिस वर्ल्ड तान्जानिया २०१९ सिल्भिया सेबास्टियन, मिस वर्ल्ड जिल्ब्राल्टार २०१९ सेलिन बोलानोस, मिस वर्ल्ड पोल्याण्ड २०१९ मिलेना सोडोस्का, मिस वर्ल्ड मेक्सिको २०१९ एस्ले एल्भीड्रेज, मिस वर्ल्ड केम्यान आइल्याण्ड २०१९ जेसी प्याट्रिकलाई पछि पार्दै दोस्रो चरणमा पुग्न सफल भएकी हुन् ।
मंगलबार आयोजना हुने हेड टु हेड च्यालेन्जको अन्तिम प्रतिस्पर्धामा अनुष्काले इन्डोनेसियाकी सुन्दरीसँग भिड्दैछिन् । अनुष्काले हेड टु हेड च्यालेन्ज जितेको खण्डमा उनी सिधै शीर्ष ४० मा पुग्नेछिन् ।
हेड टु हेड च्यालेन्ज जितेपछि अनुष्का शर्माले सबै नेपालीलाई धन्यवाद दिँदै इन्स्टाग्राममा स्टोरी राखेकी थिइन् । उनले लेखेकी छिन्, ‘यो सबै तपाईंहरुको भोटले गर्दा सम्भव भएको हो तर यो अझै पनि समाप्त भएको छैन ।’ उनले सबैलाई भोटका लागि अपिल पनि गरेकी छिन् ।
यसअघिकी मिस नेपाल श्रृङ्खला खतिवडा पनि विश्व सुन्दरी २०१८ को हेड टु हेड च्यालेन्जको शीर्ष २० मा सफल भएकी थिइन् तर जीत भने हाँसिल गर्न सकेकी थिइनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लाज शरणम्’ विवादमा अर्जुन घिमिरे : प्रचारको रोकले झन् राम्रो प्रचार भइदियो
-
परराष्ट्रमन्त्री राणा र अजरबैजानका विदेश राज्यमन्त्रीबिच भेटवार्ता
-
अब पढ्न पाइने छैन अस्ट्रेलियाका पूर्वकप्तान इयान च्यापलले लेखेको क्रिकेटसम्बन्धी समाचार र विश्लेषण
-
यस्ता छन् केन्द्रीय कमिटीले पास गरेको १७ बुँदे प्रस्ताव (पूर्णपाठ)
-
छैटौँ दिन पनि नेप्से परिसूचक सामान्य अंकले सुधार, ११ अर्ब बढीको कारोबार
-
नेपालीले आवश्यकताभन्दा ४ गुणा बढी नुन खाइरहेका छन् : महर्जन