बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टिकटका लागि रङ्गशाला छिर्न खोज्नेमाथि प्रहरीद्वारा कुटपिट, भिडियो खिचेको भन्दै पत्रकारमाथि हातपात

पत्रकारको क्यामारा फुटाउने धम्की
मङ्गलबार, २४ मङ्सिर २०७६, ११ : ४१
मङ्गलबार, २४ मङ्सिर २०७६

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मङ्गलबार हुने पुरुष फुटबलको फाइनल खेलको टिकट नपाएको भन्दै आक्रोशित सर्वसाधारणमाथि प्रहरीले दशरथ रङ्गशालाबाहिर कुटपिट गरेको छ । टिकटका लागि रङ्गशाला भित्र छिर्न खोज्दा प्रहरी र सर्वसाधारणबीच विवाद भएपछि प्रहरीले कुटपिट गरेको हो ।

रङ्गशाला अगाडि रहेको ब्लुक्रस अस्पताल अगाडि प्रहरीले कुटपिट गरेको दृष्य क्यामेरामा कैद गर्न खोज्ने सञ्चारकर्मीमाथि पनि प्रहरीले हातपात गरेको छ । डिएसपी रुगम कुँवरको नेतृत्वमा रहेको प्रहरी टोलीले पत्रकार सुमन चापागाइँमाथि भिडियो खिचेको भन्दै हातपात गर्दा उनको कानमा चोट लागेको छ ।

भिडियो खिचेको भन्दै चापागाइँमाथि जाइलागेको प्रहरीले उनको छातीमा लात्ताले हिर्काउनुको साथै कुटपीट गरेको थियो । घाइते भएका पत्रकार चापागाइँको राष्ट्रिय खेलकुद परिषद्स्थित खेलाडीको स्वास्थ्य परीक्षण गर्ने स्थानमा उपचार भइरहेको छ ।

त्यस्तै, अन्य पत्रकारलाई पनि प्रहरीले फोटो खिचेको भन्दै क्यामारा फुटाउने धम्की दिएको थियो ।

हेर्नुहोस् तस्बिर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप