शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फाँसीका लागि बिहानको समय निश्चित, कैदीको कानमा यसो भन्छन् जल्लाद

मङ्गलबार, २४ मङ्सिर २०७६, १० : ५६
मङ्गलबार, २४ मङ्सिर २०७६

सन् १९८३ मा भारतको सर्वोच्च अदालतले भारतमा ‘रेयरेस्ट अफ द रेयर’ अर्थात् सबैभन्दा संगीन र घृणित मामलामा मात्रै फाँसीको सजाय हुने प्रावधान निश्चित गरेको छ । सन् २०१२ मा निर्भयामाथि जुन अपराध भयो त्यसलाई पनि भारतीय अदालतले यसै श्रेणीमा राख्दै दोषीलाई मृत्युदण्डको सजाय सुनाएको थियो । भारतीय मिडियाले अहिले जुन समाचार प्रकाशित गरिरहेका छन्, त्यो हेर्दा यस्तो लाग्छ कि उनीहरुको फाँसीको समय नजिकिएको छ । यस्तोमा भारतमा फाँसीको नियम कस्तो छ र यो पूरा प्रक्रियामा जेलरदेखि फाँसी दिने जल्लादको भूमिका कस्तो हुन्छ त्यसबारे जानकारी लिऔं ।

फाँसी दिने निश्चित भएपछि डेथ वारेन्टको प्रतिक्षा रहन्छ । दया याचिका खारेज भएपछि यो वारेन्ट कुनै पनि बेला आउनसक्छ । वारेन्टमा फाँसीको मिति र समय लेखिएको हुन्छ । मृत्युदण्ड पाएका कैदीमाथिको कारवाही जेलको नीति नियम अनुसार हुन्छ । हरेक राज्यको आफ्नो छुट्टै  जेल नीति नियम हुन्छन् ।

फाँसी दिनेबेला केही नियमको पालना गर्न अत्यावश्यक हुन्छ । यो बिना फाँसीको प्रक्रिया अधुरो मानिन्छ । नियम पालन नगरिकन कसैलाई पनि फाँसी दिन पाइँदैन । डेथ वारेन्ट जारी भएपछि कैदीलाई यसबारे जानकारी दिइन्छ ।

 जेल प्रशासनलाई पनि डेथ वारेन्टको जानकारी दिइन्छ । यदि कैदी बसेको जेलमा फाँसीको व्यवस्था छैन भने उसलाई डेथ वारेन्ट आएपछि नयाँ जेलमा सारिन्छ ।

महिनाको हिसाबले फाँसीको समय भिन्न हुन्छ । बिहान ६, ७ वा ८ बजे तर यो समय सधैं बिहान नै निश्चित हुन्छ । बिहान अन्य कैदी सुतिरहने भएकोले र कैदीले मृत्युदण्डका लागि दिनभरी प्रतिक्षा पनि गर्न नपर्ने भएकोले बिहानको समय राखिएको बताइन्छ । यसका साथै परिवारका सदस्यलाई त्यहि दिन अन्तिम संस्कार गर्न समय होस् भनेर पनि बिहानै गरिने बताइन्छ ।

कैदीको परिवारलाई फाँसी दिनुभन्दा १०–१५ दिन अघि यसबारे सूचना दिइन्छ । जेलमा कैदीको पूरा परीक्षण हुन्छ । उनलाई अरु कैदीभन्दा भिन्न सेलमा राखिन्छ ।

फाँसी दिइने दिन बिहानै सुपरिटेन्डेन्टको निगरानीमा सुरक्षाकर्मीले कैदीलाई फाँसी कक्षमा लैजान्छन् । फाँसी दिने बेला जल्लादबाहेक अन्य तीन अधिकारी उपस्थित हुन्छन् जसमा जेल सुप्रिटेन्डेन्ट, मेडिकल अफिसर र मजिस्ट्रेट समावेश हुन्छन् । सुप्रिटेन्डेन्टले फाँसी दिनु अघि मजिस्ट्रेटलाई आफूले कैदीको पहिचान गरिसकेको र उनलाई डेथ वारेन्ट पढेर सुनाइसकेको भनेर जानकारी दिन्छन् । डेथ वारेन्टमा कैदीको हस्ताक्षर पनि हुन्छ ।

साथै, फाँसी दिनुअघि कैदीलाई नुहाइन्छ र नयाँ कपडा लगाउन लगाइन्छ । त्यसपछि उनलाई फाँसी दिने ठाउँसम्म ल्याइन्छ । स्मरण रहोस्, फाँसी दिनुअघि व्यक्तिको अन्तिम इच्छा सोधिन्छ जसमा परिवारलाई भेट्ने, मिठो खाना खानेलगायत इच्छा समावेश हुन्छन् ।

जुन अपराधीलाई फाँसी दिइन्छ उसँग अन्तिम समयमा जल्लाद  मात्रै हुन्छन् । फाँसी दिनुअघि जल्लादले अपराधीको कानमा केही बोल्छन् ।

अन्तिम समयमा जल्लादले अपराधीको कानमा यसो भन्छन्, ‘हिन्दुहरुलाई राम राम र मुस्लिमलाई सलाम । म आफ्नो कर्तव्यको अगाडि बाध्य छु । तपाईं सत्मार्गमा हिँड्नुहोस्, म यही कामना गर्छु ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप