शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सागमा आज पाँच खेल हुँदै

मङ्गलबार, २४ मङ्सिर २०७६, ०९ : २१
मङ्गलबार, २४ मङ्सिर २०७६

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को अन्तिम तथा १०औं दिन आज मंगलबार विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ । 

सागको आजै साँझ ५ः०० बजे भब्य कार्यक्रबीच समापन हुँदैछ । समापन अघि पुरुष फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ । सबै खेल काठमाडौंमा हुनेछ । 

काठमाडौं बाहिर पोखरा र जनकपुरका खेल सम्पन्न भइसकेका छन् । पुरुष फुटबलका नेपाल र भुटानको फाइनल खेल ३ः०० बजे रंगशालामा सुरु हुनेछ । बास्केटबल ३ः३० बजे राखेप कभर्डहलमा, बक्सिङ र स्क्वास सातदोवाटो तथा जुडो लगनखेलमा हुनेछ । 

सागको नवौं दिनसम्म नेपाल ४९ स्वर्ण सहित पदक तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको भारतले एक सय ५९ स्वर्ण जितेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप