शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३८ जना सवार चिलीको वायुसेनाको विमान बेपत्ता

मङ्गलबार, २४ मङ्सिर २०७६, ०९ : ०८
मङ्गलबार, २४ मङ्सिर २०७६

एजेन्सी । अन्टाक्र्टिकातर्फ उडेको ३८ जना सवार चिलियन एयरफोर्सको कार्गो विमान सोमबार बेपत्ता बनेको छ ।

हर्कुलस सी१३० विमान चिलीको दक्षिणी सहर पुन्टा एरेनासबाट स्थानीय समयअनुसार साँझ ४ बजेर ५५ मिनेटमा उडेको थियो । उडान भरेपछि करिब ६ बजे विमानसँग सम्पर्क विच्छेद भएको रोयटर्सले जनाएको छ ।

विमानमा कूल ३८ जना सवार रहेको जसमध्ये १७ जना चालक दलका सदस्य रहेको चिलीको वायुसेनाले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

सम्पर्क विच्छेद भएसँगै विमानको खोजीमा उद्धार दल परिचालन गरिएको छ ।

विमानले एन्टाक्र्टिकामा रहेको चिलीको बेस मर्मतका लागि आवश्यक सामग्री ढुवानी गरिरहेको समाचारमा उल्लेख छ ।

यसबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप