सागले मुलुकको अर्थतन्त्रमा बहार
१३ औं संस्करणको दक्षिण एसियाली खेलकुदले समग्र खेलकुदकर्मीसँगै नेपालको आर्थिक क्षेत्रलाई चलायमान बनाएको छ ।
नेपालसहित सात देश सहभागी रहेको र विभिन्न २७ खेलका लागि काठमाडौँ, पोखरा र जनकपुरमा हुँदा खेलकुदसँगै पर्यटन र समग्र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको हो ।
देश संघीयतामा गएपश्चात पहिलोपटक आयोजना भएको खेलकुदले विकेन्द्रीकरणको सिद्धान्तलाई समेत अवलम्बन गर्दा पोखरावासी हर्षित छन् । यसले तीनै तहका सरकारले राष्ट्रिय पर्वका रुपमा यसको अपनत्व लिएका छन् ।
सागमा खेलाडी, प्रशिक्षक र व्यवस्थापक तथा रेफ्रीगरी ६ हजार ५०० सहभागी छन् । उनीहरुसँगै आएका संचारकर्मी ७ हजार प्रत्यक्ष रुपमा सहभागी भएका छन् ।
सरकारको साढे ३ अर्ब खर्च गरेको छ भने निजी क्षेत्रको पनि करोडौं लगानी गरेको छ । सागमा पोखरामा मात्रै ४० करोडको कारोबार बढाएको छ । यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । यो समाचार आजको कारोबार दैनिकमा दीनानाथ बरालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परिवारमा बढ्दो दूरी : कसरी समाधान गर्ने ?
-
बहुगुणी बाँस : अमेरिका–युरोपसम्म पुग्छन् फर्निचर
-
उत्तर कोरियाको सेनाले युद्धमा उल्लेख्य प्रभाव पारेको छैन : युक्रेन
-
बलुन फेस्टिभलको अवसरमा पोखराबाट बीवाईडीको एम६ लन्च
-
राष्ट्रपतिको चार वर्षअघिको भिडियो भाइरल, के हो वास्तविकता ?
-
टर्किएले २०२५ को लागि न्यूनतम ज्याला ३० प्रतिशतले बढायो