शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्डको ज्वालामुखीले लियो पाँचजनाको ज्यान, ३४ बाँच्न सफल

मङ्गलबार, २४ मङ्सिर २०७६, ०७ : ३३
मङ्गलबार, २४ मङ्सिर २०७६

न्यूजिल्याण्ड पुलिसले ज्वालामुखीका कारण पाँच जनाको ज्यान गएको र आफ्ना आठ जना नागरिक हराइरहेको पुष्टि गरेको छ  ।

सोमबार ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोटमा ३४ जना बाँच्न सफल भएका छन् जसमध्ये ३१ को अस्पतालमा उपचार भइरहेको छ ।

उपचार गराइरहेकामध्ये दुई बेलायती नागरिक भएको न्यूजिल्याण्डका लागि बेलायती उच्च आयुक्त लाउरा क्लार्कले बताइन् ।

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले मृतक पाँचजनामध्ये तीनजना अष्ट्रेलियाली नागरिक हुनसक्ने आशंका गरेका छन् ।

मोरिसनका अनुसार ज्वालामुखी बिस्फोट हुँदा २४ अष्ट्रेलियाली नागरिक क्रुज सिपमा सवार हुँदै टापुको अवलोकन गरिरहेका थिए । तीमध्ये १३ जनाको अस्पतालमा उपचार भइरहेको छ भने ११ जनाको अवस्था अज्ञात छ ।

‘यो हाम्रो लागि भयानक त्रासदी हो,’ मोरिसनले सिड्नीका पत्रकारलाई भने ।

हराइरहेका मध्ये अमेरिकी, चिनियाँ, मेलिसियाली र न्यूजिल्याण्डका नागरिक पनि रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप