मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आज जोर नम्बरका सवारीमात्र चल्न पाउने

रङ्गशालामा आर्मी अफिसर्स क्लबको मूल गेटबाट प्रवेश, पार्किङ टुँडिखेलमा
मङ्गलबार, २४ मङ्सिर २०७६, ०७ : २६
मङ्गलबार, २४ मङ्सिर २०७६

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को आज (मङ्गलबार) समापन हुँदैछ । यसलाई मध्यनजर गरेर ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन गर्न आज उपत्यकामा चल्ने सवारीमा जोरविजोर विजोर प्रणाली लागू गरेको छ ।

यसअनुसार मङ्गलबार काठमाडौँ उपत्यकाभित्र जोर नम्बरका सवारी मात्र चल्न पाउनेछन् । यो नियम काठमाडौँको उपत्याको रिङ्गरोडभित्र लागू हुनेछ । यद्यपि, अत्यावश्यक सेवाकार सावरी साधानमा भने यो नियम लागू हुनेछैन । त्यस्तै भिभीआइपी र खेलसँग आवद्ध र सञ्चारमाध्यमका सवारी साधनलाई पनि जोरविजोर प्रणाली लागू नहुने ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै महाशाखाले सागको समापन समारोह र फुटबलको फाइनल खेल हेर्न पाल्ने टिकट काटेका सम्पूर्ण दर्शकहरुलाई दशरथ रंगशालाको मूल गेट प्रयोग नगरी नेपाल आर्मी अफिसर्स क्लबको मूलगेटबाट मात्र प्रवेश गर्न आग्रह गरेको छ । त्यस्तै, आफ्नो सवारीलाई काठमाडौँ अगाडिको टुँडिखेलमा पार्किङ्ग गर्न पनि अनुरोध गरेको छ ।

फुटबल फाइनलको सबै टिकट सोमबार नै बिक्री  भइसकेको छ ।  सागको टिकट विक्री तथा व्यवस्थापन गरेको इसेवाका अनुसार फाइनल खेलका लागि ९ हजार २ सय टिकट विक्री भएका छन् । मंगलबार सागको समापन समारोह पनि रहेकाले खेल सुरूहुनुभन्दा आधा घण्टा अगाडी नै सबै दर्शक रंगशालामा प्रवेश गरिसक्नुपर्ने इसेवाले जनाएको छ ।  भिभिआइपी, भिआइपी, तथा अति विशिष्ट पाहुनाहरुको सवारी तथा सुरक्षाको दृष्टिकोणले खेल सुरू हुनुभन्दा आधाघण्टा अगाडी नै प्रवेश गेट बन्द गरिने भएकाले दुई घण्टा अगाडी नै रंगशाला पुग्न इसेवाले आग्रह गरेको हो । मंगलबार साग खेल अन्तरगतको पुरूष फुटबलतर्फ नेपाल र भुटान स्वर्ण पदका लागि भिड्दैछन् । खेल बेलुकी ३ बजेदेखि सुरू हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप