जापानी भाषा परीक्षामा सबैभन्दा कमजोर नेपाली
मङ्गलबार, २४ मङ्सिर २०७६, ०७ : २२
नेपाली युवालाई रोजगारीको अवसर दिन जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा नेपालको नतिजा सहभागी पाँच राष्ट्रमध्ये सबैभन्दा कमजोर देखिएको छ ।
गत कात्तिकमा लिइएको आधारभूत जापानी भाषा परीक्षामा एकै समूहमा परीक्षा दिएका मंगोलिया, इन्डोनेसिया, कम्बोडिया र फिलिपिन्सपछि सबभन्दा कमजोर नतिजा नेपालको देखिएको हो ।
जापान फाउन्डेसनले प्रकाशित गरेको नतिजा तालिकामा नेपालबाट ४९७ जनाले परीक्षा दिएकोमा ५६ जनामात्र उत्तीर्ण भएका थिए । सो अतिजाअनुसार सबैभन्दा बढी मंगोलियाबाट ६१ प्रतिशत र नेपालबाट ११ प्रतिशतमात्र उत्तीर्ण भएका थिए ।
तर, स्ट्यान्डर्ड डेभिएसनमा भने नेपाल तेस्रो भएको परीक्षाको व्यवस्थापन गर्दै आएको जापान फाउन्डेसनले जानएको छ । यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पतञ्जलीले पत्रपत्रिकामा छपाएका माफीनामाबारे सर्वोच्चले के भन्यो ?
-
डेब्यु फिल्मको कार्यक्रममा दिलीपकी छोरी दिव्याले भनिन्, ‘अब यो मेरो कर्मभूमि हो’
-
कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
-
१० हजार करोडमा आईपीएलको बीमा, वर्षाले खेल रद्द भए पनि जोखिम बहन
-
कर्णाली अझै पनि केन्द्रीय राज्यसत्ताको उपेक्षामा
-
बुटवल उपमहानगरमा ४ भाषामा नागरिक बडापत्र