सिक्टा मूल नहरमा पानी छाडियो
मङ्गलबार, २४ मङ्सिर २०७६, ०६ : ४१
![सिक्टा मूल नहरमा पानी छाडियो](https://rpcdn.ratopati.com/media/albums/sikta_W7II6xkPHM.jpg)
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहरमा पहिलोपटक सिँचाइका लागि पानी छाडिएको छ ।
आयोजनाको मुख्य हेडवक्र्स अगैयाबाट ४५.३ किलोमिटर पश्चिमी मुख्य नहरमा पानी बगाएर पहिलोपटक किसानका तीन हजार हेक्टरभन्दा बढी खेतबारीमा प्रत्यक्ष पानी पुर्याएको सिक्टा सिँचाइ आयोजनाको इन्जिनियर एकराज भट्टराईले जानकारी दिए ।
अगैयाबाट पोरुवा हुँदै जेठानीसम्मको ४५.३ किलोमिटरको मुख्य नहरबाट ३४ हजार हेक्टर खेतबारीमा सिँचाइ गर्ने योजना रहे पनि अहिले हिउँदको सिजन भएकाले कम पानी छोडेर सुरुमा तीन हजार हेक्टरमा सिँचाइ सुविधा प्रदान गरिएको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्यानको श्रीनगर महोत्सवस्थलमा भएको आगलागीले ८० स्टलको समान पूर्णरुपमा नष्ट
-
एक दशकदेखि अलपत्र विष्णुमति पुल किन सञ्चालनमा आएन ?
-
मिनी ट्रक अनियन्त्रित भई पल्टिँदा १९ चौपाया मरे
-
क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
आज पनि छैन अध्यादेशको कार्यसूची
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)