शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिक्टा मूल नहरमा पानी छाडियो

मङ्गलबार, २४ मङ्सिर २०७६, ०६ : ४१
मङ्गलबार, २४ मङ्सिर २०७६

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहरमा पहिलोपटक सिँचाइका लागि पानी छाडिएको छ ।

आयोजनाको मुख्य हेडवक्र्स अगैयाबाट ४५.३ किलोमिटर पश्चिमी मुख्य नहरमा पानी बगाएर पहिलोपटक किसानका तीन हजार हेक्टरभन्दा बढी खेतबारीमा प्रत्यक्ष पानी पुर्याएको सिक्टा सिँचाइ आयोजनाको इन्जिनियर एकराज भट्टराईले जानकारी दिए ।

अगैयाबाट पोरुवा हुँदै जेठानीसम्मको ४५.३ किलोमिटरको मुख्य नहरबाट ३४ हजार हेक्टर खेतबारीमा सिँचाइ गर्ने योजना रहे पनि अहिले हिउँदको सिजन भएकाले कम पानी छोडेर सुरुमा तीन हजार हेक्टरमा सिँचाइ सुविधा प्रदान गरिएको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप