शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज मंगलबार तपाईंको राशिफलले के भन्छ ?

मङ्गलबार, २४ मङ्सिर २०७६, ०६ : २८
मङ्गलबार, २४ मङ्सिर २०७६

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गशुक्ल पक्ष । तिथि त्रयोदशी,०८ घडी १९ पला,बिहान १० बजेर ११ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र कृतिका,५९ घडी ०२ पला । योग शिब,२६ घडी २४ पला,बेलुकी ०५ बजेर २५ मिनेट उप्रान्त सिद्ध । करण तैतिल,बिहान १० बजेर ११ मिनेट उप्रान्त गर,बेलुकी १० बजेर ३४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा गद योग । चन्द्रराशि मेष,बिहान ११ बजेर ३३ मिनेट उप्रान्त वृष । काठमाडौंमा 

 

सूर्योदय ०६ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २५ घडी ५६ पला । मानव अधिकार दिवस।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्याले नसताउला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब सिर्जना हुनेछ । मध्यान्हबाट दिगो फइदा हुने व्यावसायमा लगानी गरि आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ । रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय उत्तम रहेकोले पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ भने चाहेका उपलब्धिहरु हासिल गर्न सकिनेछ । समयको सहि सदुपयोग गरि विदेशि लगानीहरु ल्याई रोजगारका अवसरहरु बढाउन सकिनेछ । कर्म प्राप्तिको लागि लामो दुरिको विदेश यात्रा हुने सम्भावनालाई नकार्न सकिदैन । व्यावसायबाट भनेजस्तो आम्दानी नहुने हुदा थप काम गर्न जागर हराएर जानेछ । घरमा आफन्त विचनै मनमुटाव बढ्ने योग रहेकोछ भने माया प्रेममा धोका हुन सक्छ सचेत रहनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच बिश्वासको वाताबरण बढेर जानेछ । नया कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुने हुदा पढाइ लेखाइमा मन जानेछ । बिभिन्न अवसरहरुले पछ्याउँने हुदा राम्रा परिणाममुखि काम गर्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले सरकारि सम्पति तथा पैत्रिक सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ शैलि प्रयोग गरेर गरिने व्यापार व्यावसाय अथवा कुनै कामहरुबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुनका लागी थालीएका कामहरु स्वत स्फुर्त तथा सिष्टममा जाने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने छ । पैत्रिक धन सम्पतिको प्रयोग गरि आम्दानीका स्रोत बढाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) शैक्षिक तथा धार्मिक यात्राको हुनेछ भने बिद्या तथा प्रतिष्पर्धामा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरुमा लाभ मिल्ने समय रहेकोछ । माया प्रेमको गाठो कसिनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ । पैत्रिक धन तथा सम्पति हात लागी हुने योग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला । ऋण,रोग तथा संकटको सामना गर्नुपदा मन खिन्न हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) साझेदारि व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धि व्यावसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । मध्यान्हबाट समय मध्ययम रहेकोले बाटो हिड्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानिसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यावसायिक यात्रा हुने भएपनि गन्तब्यमा पुग्नु अगाबै बिभिन्न समस्याहरुको फेस गर्नु पर्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्नेछ । विलासी जीवन जीउन खोज्दा पढाइ लेखाइ तथा खोज अनुशन्धानको क्षेत्रमा कमजोर उपस्थिति रहनेछ । जीवन साथिसँग मनमुटाब बढ्ने हुनाले दैनिक कामगर्न मन जानेछैन । ऋण लाग्ने तथा संकटको सामना गर्नुपर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थले साथ दिनेहुँदा शाहसिलो काम गर्न सकिनेछ । व्यापार बिश्तार गरि प्रशस्त रुपैया पैसा कमाउनेछ । नयाँ ठाउको भ्रमण गरि संगितको सुमधुर धुनमा रमाउँन सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलिबाट तपार्ईँको काममा सहयोग हुनेछ ।  

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  पढाइ लेखाइमा शुक्ष्म तरिकाले गरिएको अध्ययनले सकारात्मक नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट आउने आम्दानिले आर्थिक अवस्था मजभुत हुनेछ । आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ । बिहानको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ ।  

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सामाजिक पद पतिष्ठा प्राप्त भएपनि भनेको समयमा काम गर्न नसक्दा आलोचना खेप्नुपर्नेछ । पढाइ लेखाइमा समय दिएपनि चाहेजस्तो सफलता प्राप्त नहुदा मन खिन्न हुनेछ । आमा वा आमा सरहका मानिसबाट टाडिएर लामो दुरिको यात्रा हुने अत्याधिक सम्भावना रहेकोछ । कृषि शहकारि व्यावसायलाई नयाँ तरिकाले बिस्तार गरि मनग्गे लाभ लिन सकिनेछ भने अन्य व्यावसायमा मन्दी आउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अदालति तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । दाजुभाई तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरि प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथिको सम्बन्ध थप प्रगाड भएर जानेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना भएपनि यात्राका क्रममा ध्यान दिनु जरुरिछ । पढाइ लेखाइमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप