तान्जेनियाका राष्ट्रपतिद्वारा ५५ सय कैदी जेलमुक्त गर्न आदेश
दारेसलाम । तान्सेनियाका राष्ट्रपति जोन मागुफुलीले सोमबार पाँच हजार ५०० कैदीलाई जेलमुक्त गर्न आदेश दिएका छन् । अत्यधिक भिडभाडयुक्त जेलमा रहेका कैदीहरूलाई उनले देशको स्वतन्त्रता दिवसको अवसरमा मुक्त गर्ने आदेश दिएका हुन् ।
अत्यन्त लोकप्रिय राष्ट्रपति मागुफुलीले कैदीप्रति सहानुभूति देखाउन र कारागारमा भएको भिडभाड हटाउन यति धेरै कैदीलाई जेलमुक्तको घोषणा गर्नुभएको बताइएको छ । तान्जेनियाको राष्ट्रिय स्वतन्त्रता दिवसलाई विषेश बनाउनका लागि उहाँले सयौँ कैदीहरुलाई आम माफी दिएका हुन् ।
‘जेलभित्रै रहेका बेला व्यवहारमा केही सुधार देखिएका कैदीलाई अहिले जेलमुक्त गरिएको हो, मलाई विश्वास छ की जेलमुक्त भएकाहरु आगामी दिनमा अझ बढी सुध्रिनेछन्,’ उनले भने ।
यो आम माफीले कारागारहरुलाई व्यवस्थित बनाउन सजिलो गराउने विश्वास पनि उनले व्यक्त गरेका छन् । राष्ट्रपति मागुफुली सन् २०१५ मा शक्तिमा आएका हुन् । उनी भ्रष्टाचार विरोधी लडाकू मानिन्छन् ।
तान्जेनियामा अहिले झण्डै ३६ हजार कैदीहरू विभिन्न कारागारमा रहेको सरकारी तथ्याङ्क छ । अधिकांशमा आधारभूत सेवा सुविधा पनि नरहेको बताउने गरिएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल