कोहलपुर घटनाप्रति काँग्रेसको गम्भीर आपत्ति, दोषीलाई कारवाही गर्न माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार बाँकेको कोहलपुरमा भएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । सोमबार काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गरी विद्यार्थीहरुलाई प्रहरीले रबर गोली, अश्रु ग्याँस प्रहार तथा कुटपिट गरेको घटनाप्रति आपत्ति जनाएका हुन् ।
आइतबार विद्यालय जाँदै गेरेकी प्र्रकृति चन्दलाई ट्रकले खुट्टामा कुल्चेर गम्भीर घाइते बनाएपछि विरोधमा उत्रेका विद्यार्थीहरुलाई प्रहरीले रबर गोली, अश्रु ग्याँस प्रहारका साथै कुटपिट गरेो थियो ।
‘देशको शान्ति सुरक्षा कायम गर्ने निकाय जस्तो जिम्मेवार निकायले संयमित भई कर्तव्य पालना गर्नुको साटो त्यसको ठीक विपरीत गैरजिम्मेवारपूर्ण ढंगले घटनालाई झन उत्तेजित र आक्रोशित बनाउने कार्यमा संलग्न भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
विद्यालयभित्र रहेका विद्यार्थी लगायत बाटोमा हिडिरहेका सर्वसाधारणलाई समेत कुटपिट गरेको घटना अत्यन्त निन्दनीयको काँग्रेसको ठहर छ । काँग्रेसले घटनाको सत्यतथ्य छानविन गरी संलग्न दोषीलाई तत्काल कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।
घटनामा गम्भीर भई घाइते भएकी प्रकृति चन्दलगायत अन्य घाइतेहरुको उचित स्वास्थ्य उपचार एवं उचित क्षतिपूर्तिको व्यवस्थाका गर्न काँग्रेसले माग गरेको छ । यस्ता प्रकारका घटना पुनःनदो¥याउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई संयमका साथ सचेत रहन काँग्रेस आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता