बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संक्रमण छ भन्दैमा अख्तियार चुप लागेर बस्दैन : प्रमुख आयुक्त घिमिरे

सोमबार, २३ मङ्सिर २०७६, १९ : २२
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयेगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले संघीयताको संक्रमण छ भन्दैमा अख्तियार चुप लागेर बस्न नसक्ने बताएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचार दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त घिमिरेले संघीयताको संक्रमण छ भन्दैमा अख्तियार चुप लागेर नबस्ने बताएका हुन् । 

उनले संघीयताको संक्रमण देखाएर कसैले पनि भ्रस्टाचार सम्बन्धी गतिविधि गर्न छुट नभएको बताए । उनले कानून निर्माताहरुले नै कानुनको दायराभित्र रहेर कार्यसम्पादन नगर्ने हो भने भ्रष्टाचार मौलाउँदै जाने समेत बताए ।

प्रमुख आयुक्त घिमिरेले गत वर्ष अख्तियारले अदालतमा दायर गरेको मुद्दाहरुमा ८८ प्रतिशत सफलता मिलेको समेत बताए । उनले यस वर्षको साउन यता १ सय ७० वटा मुद्दा दायर गरेकोले भ्रष्टाचार नियत्रणमा गतवर्ष भन्दा बढी सफलता पाउने बताए । कार्यक्रममा मन्त्री परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले अदालतमा मुद्दा बढ्दै जानुले भ्रष्टाचार बढ्दै गएको स्पस्ट हुने बताए ।

कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले नेपालमा बढ्दै गएको भ्रष्टाचारका कारण प्रजातान्त्रीक मूल्य मान्यताहरु विसर्जन हुने, कानूनी शासनमा क्षय हुने तथा अर्थतन्त्र कमजोर हुने खतरा बढेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप