शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीको विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक छ: मुख्यमन्त्री शाही

सोमबार, २३ मङ्सिर २०७६, १९ : १७
सोमबार, २३ मङ्सिर २०७६

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक रहेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेतमा सोमवार सम्पन्न कर्णाली प्रदेश सरकार र नेपालस्थित अन्तर्राष्ट्रिय विकास साझेदारहरुको बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले तिव्र विकास, गरिविको अन्त्य र सुशासनको प्रत्याभुति सवै नागरिकको चाहना भएको र यसलाई पुरा गर्न अन्तराष्ट्रिय समुदायसँग  सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए ।

मुख्यमन्त्री शाहीले कर्णालीको गरिविको अन्त्य, उत्पादनको वृद्धि, पर्यटकीय क्षेत्रको विकास, उर्जा तथा भौतिक पूर्वाधार  विकासका क्षेत्रमा एकिकृत रुपमा लगानी गर्न अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरुलाई आग्रह गरे ।

प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा विकास साझेदार संस्थाहरुले लगानी गर्नुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरुसँग सहकार्य गर्न तयार रहेको धारणा राखे ।

संघीय व्यवस्था कार्यान्वयनको प्रारम्भिक चरणमा आफुहरु रहेको भन्दै मुख्यमन्त्री शाहीले कानुन निर्माण, प्रशासनिक संरचनाको स्थापना लगायतका व्यवस्थापकीय काम नटुङ्गेका कारण जनअपेक्षा बमोजिम काम हुन नसकेको बताए ।

संवैधानिक व्यवस्था वमोजिम कानुनी रुपमा ३ वटै सरकारको कार्यक्षेत्र निर्धारण, प्राकृतिक श्रोत साधनको वाँडफाँड, प्रशासनिक संरचनाको स्थापना जस्ता आधारभुत कामहरु अहिलेसम्म पनि पुरा हुन नसक्नु दुःखद भएको बताउँदै मुख्यमन्त्री शाहीले त्यसका बाबजुद पनि कर्णालीको विकास र समृद्धिका लागि प्रदेश सरकार उत्साहजनक रुपमा अगाडि बढेको बताए ।

मुख्यमन्त्री शाहीले समृद्ध कर्णाली, सुखी कर्णालीवासीको सोचसहित प्रदेश योजना आयोगबाट कर्णाली प्रदेशको प्रोफाईल निर्माण, पञ्चवर्षीय आवधिक योजनाको मस्यौंदा तयारी, आयोजना वैंकको तयारीजस्ता काम सम्पन्न भएको बताए ।

बैठकमा बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग डिएफआईडीकी नेपाल प्रमुखले अन्तराष्ट्रिय साझेदार संस्थाहरुले एकिकृत रुपमा प्रदेश तथा स्थानीय सरकार सहयोग कार्यक्रम सञ्चालनका लागि संघीय सरकारसँग सम्झौता गरिसकेको जानकारी दिए ।

ठुला परियोजना सञ्चालनका लागि संघीय सरकारसँग सहकार्य भइरहेको बताउदै विश्व बैंकका कन्ट्री म्यानेजरले मझौला तथा साना योजना, स्थानीय उत्पादनको व्राण्डीङ्ग, तथा ग्रामीण तथा प्रदेश तहका परियोजनामा प्रदेश सरकारसंग सहकार्य गर्न विश्व वैंक ईच्छुक रहेको बताए ।

बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, सचिवहरु, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरु डिएफआईडी, विश्व वैंक, यूसएड, यूएनडिपी, युरोपेली युनियन र नर्वेजियन दूतावासका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप