पाकिस्तानी पूर्वप्रधानमन्त्री शरीफलाई अमेरिका लैजान सुझाव
लाहोर । पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफलाई उपचारका लागि अमेरिका लान उनको उपचारमा सम्लग्न चिकित्सकहरूले सुझाव दिएका छन् । शरीफ केही हप्तादेखि बेलायतको राजधानी लण्डनमा उपचार सेवा लिइरहेका छन् ।
शरीफलाई अमेरिकी चिकित्सकको परामर्श लिन उनको उपचारमा रहेका चिकित्सकहरूले सल्लाह दिएका पाकिस्तानको मुश्लिम लिग–नवाज (पीएमएल–एन) ले सोमबार जानकारी गराएको हो ।
पीएमएल–एनका प्रवक्ता म्यारियम औरन्जेबलाई उदृत गरी द ट्रिबुनले लेखेको छ, ‘पूर्व प्रधानमन्त्रीको मुटुबाट मष्तिष्कमा रगत सञ्चार गर्ने ८८ प्रतिशत धमनीहरू अबरूद्ध भएकोले उहाँलाई अमेरिकी चिकित्सकको परामर्श लिई उपचार गर्न सल्लाह आएको छ । तर स्वास्थ्य अवस्थाका कारण पूर्वप्रधानमन्त्री शरीफलाई लण्डनबाट अमेरिका लान चुनौति रहेको छ ।’
प्रवक्ताले भने, ‘पछिल्लो ‘पोजिट्रन इमिसन टोमोग्रफी (पीइटी) स्कान’ रिपोर्टअनुसार उहाँको छिट्टै वायोप्सी परीक्षण हुनेछ र तत्काल जटील शल्यक्रिया गर्नुपर्ने देखिएको छ । लामो समयदेखि मुटुसम्बन्धी रोगबाट विरामी शरीफको प्लेटलेट सङ्ख्यामा सुधार नदेखिएपछि उहाँको अवस्थाप्रति चिकित्सकहरू चिन्तित बनेका हुन् ।’
तीनपटक पाकिस्तानको प्रधानमन्त्रीका रूपमा काम गरेका ६९ वर्षीय शरीफले लण्डनस्थित हार्वे क्लिनिकमा उपचार सेवा लिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती प्रधानमन्त्रीसँगको भेटपछि ह्वाइटहाउसमा ट्रम्पले जेलेन्स्की र युक्रेनी सेनाको गरे प्रशंसा
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
भूकम्पको धक्का महसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर