‘हुलास डेक शिट’ बजारमा
काठमाडौं– नेपालकै नं १ स्टिल कम्पनी हुलास स्टिल इन्डष्ट्रिजले नेपाली निर्माण बजारमा निकै उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ नेपालमा सार्वजनिक गरेको छ ।
‘हुलास डेक’ हलुका छ र यसले निर्माण कार्यलाई सहज र सस्तो बनाइदिन्छ । ‘हुलास डेक’ले कंक्रिट (ढलान) को प्रयोगलाई कम गर्छ जसले गर्दा निर्माण सस्तो पर्न जान्छ ।
साथै, यसलाई सहजै प्रयोग गर्न सकिन्छ । ‘हुलास डेक’मा ‘प्रोफाइल गरिएको धातुको डेक’ हुन्छ जसको पींढमा ढलान खन्याइन्छ । यो डेकिब शिटहरु पातामा रहेको ‘मोल्डिब’को माध्यमबाट ढलानसँग टाँसिन्छ । यसले गर्दा ढलान कडा नभएसम्म डेक ढलानसँग अलग हुँदैन । ढलान कडा भएपछि डेकको पाता र कंक्रिट अभिन्न बन्छ ।
डेकिब स्ल्याबमा कंक्रियटसहितको ‘इनबिल्ट शियर कनेक्टर’ हुन्छ जसले एकखाले फ्लोर स्ट्रक्चर तयार पार्छ जसलाई ‘कम्पोजिट स्ल्याब’ भनिन्छ ।
कम्पोजिट फ्लोरले कंक्रिटको प्रयोगलाई घटाउँछ जसले गर्दा यो प्रविधि सस्तो तर अझ बढी भरपर्दो बनाउँछ । ‘हुलास डेक’ भूकम्पप्रतिरोधक छ र यसले निर्माण अवधिलाई पनि घटाउँछ ।
यो ०.८ एमएमदेखि १.२ एमएम मोटाइ र आवश्यकताअनुसार एक सय मिटर चौडा वा लामोसम्म नेपालभरिका हुलास डिलरहरुमा पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभागद्वारा कालीमाटीमा आउने तरकारीको रातभर बसेर विषादी परीक्षण
-
‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता शनिबार
-
सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १०% सम्मको छुट
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ