केन्द्रीय संस्करण

‘हुलास डेक शिट’ बजारमा

person explore access_timeमंसिर २३, २०७६ chat_bubble_outline0

काठमाडौं– नेपालकै नं १ स्टिल कम्पनी हुलास स्टिल इन्डष्ट्रिजले नेपाली निर्माण बजारमा निकै उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ नेपालमा सार्वजनिक गरेको छ । 

‘हुलास डेक’ हलुका छ र यसले निर्माण कार्यलाई सहज र सस्तो बनाइदिन्छ । ‘हुलास डेक’ले कंक्रिट (ढलान) को प्रयोगलाई कम गर्छ जसले गर्दा निर्माण सस्तो पर्न जान्छ ।

साथै, यसलाई सहजै प्रयोग गर्न सकिन्छ । ‘हुलास डेक’मा ‘प्रोफाइल गरिएको धातुको डेक’ हुन्छ जसको पींढमा ढलान खन्याइन्छ । यो डेकिब शिटहरु पातामा रहेको ‘मोल्डिब’को माध्यमबाट ढलानसँग टाँसिन्छ । यसले गर्दा ढलान कडा नभएसम्म डेक ढलानसँग अलग हुँदैन । ढलान कडा भएपछि डेकको पाता र कंक्रिट अभिन्न बन्छ । 

डेकिब स्ल्याबमा कंक्रियटसहितको ‘इनबिल्ट शियर कनेक्टर’ हुन्छ जसले एकखाले फ्लोर स्ट्रक्चर तयार पार्छ जसलाई ‘कम्पोजिट स्ल्याब’ भनिन्छ ।  

कम्पोजिट फ्लोरले कंक्रिटको प्रयोगलाई घटाउँछ जसले गर्दा यो प्रविधि सस्तो तर अझ बढी भरपर्दो बनाउँछ । ‘हुलास डेक’ भूकम्पप्रतिरोधक छ र यसले निर्माण अवधिलाई पनि घटाउँछ ।

यो ०.८ एमएमदेखि १.२ एमएम मोटाइ र आवश्यकताअनुसार एक सय मिटर चौडा वा लामोसम्म  नेपालभरिका हुलास डिलरहरुमा पाइन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.