गौरिका सिंहले ४ स्वर्ण जित्दै रचिन् इतिहास
काठमाडौँ । नेपालकी जलपरी गौरिका सिंहले जारी सागमा इतिहास रचेकी छिन् । गौरिकाले सागको एकै संस्करणमा चार स्वर्ण जित्ने नेपाली खेलाडीका रुपमा कीर्तिमान बनाएकी हुन् ।
सोमबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको १०० मिटरको फ्रिस्टाइलमा अर्को स्वर्ण पदक जित्दै स्वर्ण पदक संख्या ४ पुर्याएकी हुन् । गौरिकाले निर्धारित दुरी ५८.१३ सेकेन्डमा पूरा गरिन् ।
सागमा कुनैपनि नेपाली खेलाडीले एकै संस्करणमा ४ वटा स्वर्ण जितेको यो पहिलो पटक हो ।
प्रतियोगितामा गौरिकाले १०० मिटरकै फ्रिस्टाइल, दुई सय मिटर ब्याकस्ट्रोक र फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् । साग पौडीको विभिन्न आठ स्पर्धामा सहभागी १७ बर्षीया गौरिकाले थप दुई कांस्य समेत जितेकी छन् ।
यसअघि सागमा नेपालका तेक्वान्दो खेलाडी दिपक विष्टले अलग अलग संस्करणमा मात्र चार स्वर्ण जितेका थिए । गौरिकाले योसँगै चार स्वर्णसहित दुई रजत र दुई कांस्य पनि जितेकी छन् । साग पौडीमा गौरिकाले आठ स्पर्धामा प्रतिस्पर्धा गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण