बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गौरिका सिंहले ४ स्वर्ण जित्दै रचिन् इतिहास

सोमबार, २३ मङ्सिर २०७६, १७ : २८
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौँ । नेपालकी जलपरी गौरिका सिंहले जारी सागमा इतिहास रचेकी छिन् । गौरिकाले सागको एकै संस्करणमा चार स्वर्ण जित्ने नेपाली खेलाडीका रुपमा कीर्तिमान बनाएकी हुन् ।

सोमबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको १०० मिटरको फ्रिस्टाइलमा अर्को स्वर्ण पदक जित्दै स्वर्ण पदक संख्या ४  पुर्याएकी हुन् । गौरिकाले निर्धारित दुरी ५८.१३ सेकेन्डमा पूरा गरिन् ।

सागमा कुनैपनि नेपाली खेलाडीले एकै संस्करणमा ४ वटा स्वर्ण जितेको यो पहिलो पटक हो । 

प्रतियोगितामा गौरिकाले १०० मिटरकै फ्रिस्टाइल, दुई सय मिटर ब्याकस्ट्रोक र फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् । साग पौडीको विभिन्न आठ स्पर्धामा सहभागी १७ बर्षीया गौरिकाले थप दुई कांस्य समेत जितेकी छन् । 

यसअघि  सागमा नेपालका तेक्वान्दो खेलाडी दिपक विष्टले अलग अलग संस्करणमा मात्र चार स्वर्ण जितेका थिए । गौरिकाले योसँगै चार स्वर्णसहित दुई रजत र दुई कांस्य पनि जितेकी छन् । साग पौडीमा गौरिकाले आठ स्पर्धामा प्रतिस्पर्धा गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप