शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

द भ्वोइस अफ नेपालका विजेता रामलाई ड्याट्सन रेडीगो १.०एल गाडी उपहार

सोमबार, २३ मङ्सिर २०७६, १६ : २०
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौं – नेपालमा निशान र ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले “द भ्वोइस अफ नेपाल” सिजन २ का विजेता राम लिम्बुलाई ड्याट्सन रेडी गो १.०एल गाडी प्रदान गरेको छ । 

“द भ्वोइस अफ नेपाल” प्रतियोगिताको विजेता राम लिम्बुलाई कम्पनीको तर्फबाट सहायक महाप्रबन्धक ज्ञानेन्द्र ब. चन्दले ड्याट्सन रेडी गो १.०एल गाडीको साँचो हस्तान्तरण गरेका छन् ।

“द भ्वोइस अफ नेपाल”को फाइनल यही मंसिर २१ गते शनिवार हायात ग्राउण्ड चुच्चेपाटीमा आयोजना गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप