शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिकेट मैदानमा अप्रत्यासित संयोग : नेपालमा कुकुरले, भारतमा सर्पले रोक्यो खेल

सोमबार, २३ मङ्सिर २०७६, १६ : ०२
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौँ । संयोग भनेकै यदाकदा जुर्छ । क्रिकेटमा सोमबार नेपाल र भारतमा अनौठो संयोग देखिएको छ ।

साग खेलकुद अन्तर्गत नेपालको कीर्तिपुरस्थित त्रिवि मैदानमा श्रीलंका र बंगलादेशबीच भएको पुरुषतर्फको फाइनल खेल सोमबार केहीबेर कुकुरका कारण रोकिएको छ ।

बंगलादेशले ब्याटिङ गरिरहेको समयमा ११.४ ओभरमा मैदानमा अचानक कुकुर प्रवेश गरेपछि खेल केहीबेर रोकिएको थियो ।

सोमबार नै भारतमा पनि यस्तै घटना भएको छ । रणजी ट्रफी अन्तर्गत विजयवाडामा भएको समूह ‘ए’ को दुई टिम आन्ध्र प्रदेश र विदर्भबीचको म्याच एउटा सर्पका कारण केहीबेर रोकिएको हो ।

खेल सुरु हुनासाथ मैदानमा खेलाडीले सर्प देखेपछि केहीबेर खेल रोकिएको थियो । भारतीय क्रिकेट बोर्डले मैदानमा सर्प देखिएको दृष्यलाई ट्वीटरमार्फत सार्वजनिक गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप