अब मन्त्रालय व्यक्तिवादमा चल्दैन, एउटै व्यक्ति पटक–पटक विदेश घुम्न पाउँदैन : स्वास्थ्य मन्त्री ढकाल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयमा अनियमितता गर्न आगामी दिनमा कसैले पनि नपाउने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सोमबार स्वास्थ्य पत्रकार मञ्च र स्वास्थ्यसम्बन्धी समाचार लेख्ने पत्रकारहरुसँगको अन्तरक्रियामा स्वास्थ्य मन्त्रालयमा काम गर्ने शैलीमा अनियमितता भएपनि आगामी दिनमा प्रभावकारी ढङ्गबाट काम गर्ने प्रतिबद्धता मन्त्री ढकालले जनाएका हुन् ।
राजनीति गरेर प्राप्त भएको पदलाई दुरुपयोग गरेर कमाउ धन्दामा नलाग्ने उनको भनाइ थियो । ‘मलाई कमाउ धन्दा गर्न आवश्यक छैन,’ उनले भने, ‘जुन दिन मलाई खान पुग्दैन त्यस दिनबाट राजनीतिबाट हात धोएर व्यवसायमा लाग्छु ।’
नेतृत्वमा पुगेर स्वास्थ्य मन्त्रालयमा उदासहीन खालको काम आगामी दिनमा नहुने उनले बताए । सरकारी अस्पतालको स्तरवृद्धि गर्नका लागि योजना बनाउने समेत उनको जिकिर थियो ।
कर्मचारी संयोजनले आक्रान्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा समस्या धेरै भए पनि समाधानको बाटो पहिल्याउँदै जाने मन्त्री ढकालको भनाइ थियो । ‘अप्रेसन गर्दा बेहोस बनाउने तालिम प्राप्त स्वास्थ्यकर्मी स्थानीय तहमा फाइल बोकेका छन्,’ उनले भने, ‘स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सही स्थानमा संयोजन गर्न आवश्यक छ ।’
सरकारी स्वास्थ्य संस्थाको विश्वनीयता बढाउनका लागि सक्रियभएर स्वास्थ्य तथा जनसख्या मन्त्रालय लागेको मन्त्री ढकालले बताए । ‘आगामी दिनमा स्वास्थ्य मन्त्रालय व्यक्तिवादमा चल्दैन,’ उनले भने, ‘नियमसंगत भएर मन्त्रालयको कामकारवाही प्रभावकारी ढङ्गबाट आगाडि बढछ ।’
स्वदेशी तथा विदेशी साझेदारी सङ्घसस्थासँग समवन्य गरेर स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दा आवश्यकता अनुसार विदेशमा पठाउने उनले बताए । ‘अनावश्यक रुपमा एउटै व्यक्तिलाई विविध कार्यक्रममा विदेश जान पाउने छैन,’ उनले भने, ‘पहुँच र अवसर होइन आवश्यकता अनुसार स्वस्थ ढङ्बाट विदेश पठाउनुपर्छ ।’
पाटन अस्पताल, वीर अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, चितनव मेडिकल क्लेज र भरतपुर क्यान्सर अस्पताल लगायतका अस्पतालमा निरीक्षण गरेको उनले बताए । आगामी दिन अन्य अस्पतलहरु निरीक्षण गरेर कसरी सरकारी अस्पतालको सेवालाई अझै प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा स्वास्थ्य मन्त्रालयले योजना बनाउने मन्त्री ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए
-
'सरकार परिवर्तनको हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको छ’
-
तीनकुने घटनाबारे सुवेदीले गराए अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्थाको ध्यानाकर्षण
-
शिक्षकहरूलाई वार्तामा आउन शिक्षा मन्त्रालयको पुनः आग्रह
-
सरकार परिवर्तनको कुरा हल्ला मात्र : परराष्ट्रमन्त्री राणा
-
असन्तुष्टिका आवाज सम्बोधन गर्ने कानुन बनाउन सबैको प्रतिबद्धता आवश्यक : सभामुख