अमेरिकी प्रस्ताव मेक्सिकोद्वारा अस्वीकार
मेक्सिको सिटी । मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकासँगको नयाँ व्यापार सम्झौता अन्तर्गत स्टिल र आल्मुनियम उत्पादन सम्बन्धी अमेरिकी प्रस्तावलाई स्वीकार गर्न नसकिने बताएका छन् । उनले नयाँ अमेरिकी प्रस्ताव मेक्सिकोका निम्ति हानिकारक रहेको बताए ।
व्यापार सम्बन्धी संयुक्तराज्य अमेरिका–मेक्सिको–क्यानाडा सन्धि (युएसएमसीए) का सम्बन्धमा सिनेटरहरुसँगको छलफलमा विदेश मन्त्री इब्रार्डले सवारी साधन उत्पादनका लागि ७० प्रतिशत फलाम उत्तर अमेरिकी क्षेत्रकै हुनुपर्ने प्रस्ताव अमेरिकाले राखेको जानकारी दिए ।
उक्त प्रस्तावले मेक्सिकोलाई ‘अत्यन्त ठूलो नोक्सानीमा पु–याउनेछ’, इब्रार्डले भने, ‘किनभने मेक्सिकोमा उत्पादित कारमा ब्राजिल, जापान र जर्मनीमा बनेका सामान पनि प्रयोग हुने गर्दछन् ।’ मन्त्री इब्रार्डले मेक्सिकाली प्रतिनिधिमण्डलले सन्धि कार्यान्वयनका सन्दर्भमा अमेरिकी प्रतिनिधिहरुसँग हुने बैठकमा नयाँ प्रावधान तुरुन्तै लागू नगर्न अनुरोध गरिने बताए ।
मेक्सिकोले पनि आल्मुनियम प्रावधानका लागि ‘कुनै शर्त’ स्वीकार्न सक्दैन भन्दै मन्त्री एब्रार्डले भने, ‘किनभने अमेरिकासँग अल्मुनियम उत्पादन गर्न पर्याप्त स्रोत छैन ।’ मेक्सिको विश्वको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ता मुलुकमध्ये एक हो । मेक्सिकोमा जनरल मोटर्स, निसान, फियाट–क्रिसलर र भक्सवागन जस्ता विश्व प्रसिद्ध ब्रान्डका सवारी साधन उत्पादन हुने गर्दछन् ।
मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले युएसएमसीए अन्तर्गत मेक्सिकोको श्रम सुधारको कार्यान्वयन बारे सुपरीवेक्षण गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार नगर्ने बताएको केही दिनपछि नै मन्त्री एब्रार्डको टिप्पणी सार्वजनिक भएको हो ।
नयाँ सम्झौताको अनुमोदन गर्ने हालसम्म मेक्सिको मात्र त्यस्तो देश हो, जसले २५ वर्ष पुरानो उत्तरी अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) लाई प्रतिस्थापित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहलाई स्वीकार गरेको थियो । राष्ट्रपति ट्रम्पको भनाईमा संयुक्तराज्य अमेरिकाका लागि नाफ्टा अत्यन्तै कमजोर सम्झौता हो ।
नोभेम्बर २०१८ मा हस्ताक्षर गरिएको नयाँ सम्झौता अन्तर्गत आफ्ना प्रतिबद्धताहरूको पालना गर्न मेक्सिकोले श्रमिकको न्यूनतम ज्यालामा वृद्धि गर्नुका साथै श्रम क्षेत्रमा सुधार गरी युनियनहरूलाई थप शक्ति दिएको थियो ।
तर अमेरिकी श्रम समूह र प्रतिनिधि सभामा विपक्षी डेमोक्राट्सले मेक्सिको सरकारले नयाँ नियमहरु लागू गर्न सक्ने क्षमतामाथि शंका व्यक्त गरेका छन् । –एएफपी/Photo:reuters
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई