मिडियामाथि खनिए प्रधानमन्त्री ओलीका सल्लाहकार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे मिडियाहरुले अतिरञ्जना फैलाएको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यवस्थाबारे आज एक पत्रकार सम्मेलनको आयोजना गरी सल्लाहकार थापाले सो आरोप लगाएका हुन् ।
थापाले मिडिया हाउसका सम्पादकहरुले समेत संवेदनशीलतालाई बुझ्न नसकेको बताउँदै उनीहरुले अतिरञ्जना गरेर लेख्ने गरेको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गर्दा मिडियाहरुले अतिरञ्जना फैलाएको घटनाबारे स्मरण गर्दै यसमा डाक्टरहरुलाई दोष दिने ठाउँ नभएको स्पष्ट पारे ।
उनले भने, ‘पछिल्लो घटनामा डाक्टरलाई दोष दिने ठाउँ छैन । अस्पताल पुर्याउन भने केही ढिलो भएकै हो । समयमै समस्या पहिचान नभएको हो ।’
उनले आगामी दिनमा भने अहिले जसरी प्रधानमन्त्रीको स्वास्थ्यको सम्बन्धमा गलत हल्ला नफैलिने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण