मिडियामाथि खनिए प्रधानमन्त्री ओलीका सल्लाहकार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे मिडियाहरुले अतिरञ्जना फैलाएको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यवस्थाबारे आज एक पत्रकार सम्मेलनको आयोजना गरी सल्लाहकार थापाले सो आरोप लगाएका हुन् ।
थापाले मिडिया हाउसका सम्पादकहरुले समेत संवेदनशीलतालाई बुझ्न नसकेको बताउँदै उनीहरुले अतिरञ्जना गरेर लेख्ने गरेको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गर्दा मिडियाहरुले अतिरञ्जना फैलाएको घटनाबारे स्मरण गर्दै यसमा डाक्टरहरुलाई दोष दिने ठाउँ नभएको स्पष्ट पारे ।
उनले भने, ‘पछिल्लो घटनामा डाक्टरलाई दोष दिने ठाउँ छैन । अस्पताल पुर्याउन भने केही ढिलो भएकै हो । समयमै समस्या पहिचान नभएको हो ।’
उनले आगामी दिनमा भने अहिले जसरी प्रधानमन्त्रीको स्वास्थ्यको सम्बन्धमा गलत हल्ला नफैलिने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला
-
क्रिकेटका हिरो इमरान खानको उत्थानदेखि पतनसम्मको यात्रा
-
आचरण विपरीत काम गरेपछि दार्चुलाका न्यायाधीश सर्वोच्च तानिए
-
३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड
-
‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
मनसुन प्रणाली देशभर फैलियो