बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं-तराई फास्ट ट्रयाक निर्माणको काम २०८१ मा सकिने

सोमबार, २३ मङ्सिर २०७६, १४ : ०४
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौं । नेपाली सेनाले काठमाडौं तराई फास्ट ट्रयाक निर्माणको काम २०८१ साल सम्ममा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ  । नेपाली सेनाले एक कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी दिएको हो । नेपाली सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले २०८१ वैशाखसम्म दुर्तमार्ग निर्माण सकिने जानकारी दिए ।  

सेनाले दिएको जानकारीअनुसार  दुर्तमार्गको ३ ठाउँमा सुरुङमार्ग हुनेछ । जसअनुसार महादेवडाँडामा ३.३३५ किमी, धेद्रेमा १.६३० किमी र लैनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ हुनेछ ।

कार्यक्रममा सेनाले नेपाल संयुक्त राष्ट्रसंघको सबैभन्दा पुरानो, विश्वासिलो र सबैभन्दा ठूलो शान्ति सेनाको साझेदार भएको जानकारी दिइँदै नेपाली सेनाले १२ वटा विभिन्न शान्ति मिसनहरुमा हालसम्म ५ हजार ९५ वटा फौज खटाइसकिएको जनाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप