धुम्बराहीमा नेकपा सचिवालय बैठक सुरु, ओली उपस्थित भएनन्
काठमाडौं । नेकपा सचिवालय बैठक धुम्बराहीस्थित पार्टी कार्यालयमा सुरु भएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्माओलीको अनुपस्थितिमा सचिवालय बैठक सुरु भएको हो ।
प्रधानमन्त्री ओलीको केही दिनअघि मात्र त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो । उनी १० दिन लामो उपचारपछि बिहीबार अस्पतालबाट डिस्चार्ज भएका थिए ।
यसअघि गत बुधबार पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै अध्यक्षतामा बसेको सचिवालय बैठकले उपनिर्वाचन समीक्षा र पार्टीको एकता प्रकृया टुंग्याउन सोमबार बिहान नौ बजेका लागि बैठक बोलाउने निर्णय गरे पनि १ बजेका लागि बैठक सारिएको थियो ।
आइतबार अध्यक्ष प्रचण्डले सोमबारको बैठकमा पेश गर्ने एजेण्डाका बारेमा पार्टी नेताहरुसँग छलफल गरेका थिए । बैठकमा प्रचण्डले विभिन्न बैचारिक तथा सांगठानिक प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । प्रचण्डको प्रस्तावमा पार्टी एकता प्रकृयालाई पूर्णता दिँदै ६ महिने अभियान चलाउने योजना समेत समेटेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं