चितवनको पिठुवामा सनराइज बैंकको ४०औं शाखारहित बैंकिङ्ग सेवा
सोमबार, २३ मङ्सिर २०७६, १३ : १३
चितवन– सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ चितवनको रत्ननगर नगरपालिका वडा नं १४ मा ४०औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
रत्ननगर नगरपालिकाका अध्यक्ष हरि कुमार श्रेष्ठ र बैंकको प्रादेशिक कार्यालय ३ का सदस्य अचुत जङ्ग श्रेष्ठले एक समारोहका बीच पिठुवामा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे । सो समारोहमा श्रेष्ठले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि नारायण कुमारलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् ।
उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन: डा. आरजु राणा
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-
पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही
-
विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला
-
युक्रेनलाई थप राहत प्याकेज दिँदै अमेरिका
-
पोखरीमा डुबेर बालिकाको मृत्यु