शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहको उपहारमा दिइयो साढे दुई किलो प्याज

सोमबार, २३ मङ्सिर २०७६, १३ : ०५
सोमबार, २३ मङ्सिर २०७६

भारतको तिमलनाडुको कुड्डालोरमा एक जोडीलाई विवाहको उपहारस्वरुप साढे दुई किलो प्याज दिइएको छ । नवविवाहित शाहुल र सबरिनाले केही समयका लागि आफू अचम्मित भएको बताए । रिसेप्सनको क्रममा उपहारमा दिइएको प्याजको पनि अत्यधिक चर्चा भयो । आजकाल उक्त राज्यमा प्याजको मूल्य दुई सय भारु प्रतिकिलो छ ।

शाहुलका अनुसार यो उपहार उनका साथी जी. चेतनसमेत ६ साथीले दिएका हुन् । चेतनका अनुसार दुलहा र उनका परिवारले विवाहमा बिरयानीसँग प्याज हालिएको रायता सर्भ गर्न चाहन्थे तर यसको मूल्य धेरै भएका कारण यस्तो गर्न सकेनन् । पछि उनीहरुले काँक्रोको रायता बनाउने निर्णय गरे ।

आफूहरुले साढे दुई किलो प्याज पाँचसय भारुमा खरिद गरेको चेतनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप